• सामुदायिक सेवा बैदामको क्यालेन्डर विमोचन

    April 11, 2019     10:26 pm

    पोखरा, २८ चैत । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामले
    नव वर्ष २०७६ अवसरमा शुभकामना प्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न
    गरेको छ ।

    पोखरामा विहीवार आयोजित समारोहमा केन्द्रले प्रकाशन गरेको क्यालेन्डर
    कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले विमोचन गरे ।

    सो अवसरमा प्रहरी उपरीक्षक रानाले नयाँ वर्षको शुभकामना दिँदै सामुदायिक
    सेवा केन्द्रले विकृति विसंगति अन्त्यका लागि गरेको कार्य प्रशंसनीय भएको
    उल्लेख गरे ।

    कार्यक्रममा केन्द्रका संस्थापक अध्यक्ष मंगलबहादुर नेपाली, केन्द्रकी अध्यक्ष मीना
    भट्टराईले नयाँ वर्षले सबैमा नयाँ जोश र उत्साह भरोस् भन्दै शुभकामना दिए

    विभिन्न सेवा केन्द्रका पदाधिकारी एवं विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी
    कार्यक्रममा सहभागीले आपसमा शुभकामना साटासाट गरेका थिए ।

    सामुदायिक बैदाम अध्यक्ष मीना भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन
    सचिव नेत्रलाल भण्डारी र स्वागत मन्तव्य क्यालेन्डर प्रकाशन संयोजक सोभित
    परियारले गरेका थिए । क्यालेन्डर प्रकासन सदस्यमा दीनदयाल पाण्डे, सरा बोगटी,
    विष्णु पहारी र उत्तम पहारी छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।