• मानव सेवा आश्रममा सांसद गुरुङको सहयोग

    April 11, 2019     10:18 pm

    पोखरा, २८ चैत । नयाँ वर्ष २०७६ अवसरमा गण्डकी प्रदेश सदस्य मीना गुरुङले विहीवर मानव सेवा आश्रम, छोरेपाटनमा फलफूल वितरण गरेकी छन् ।

    सो क्रममा उनले नयाँ वर्षको शुभकामना मन्तव्य दिँदै आफ्नोपनको महसुस गरी आश्रमले सडकमा बेबारिसे अवस्थामा रहेकाहरुलाई यसरी आश्रय दिएकोमा सो कार्यको प्रशंसा गरिन् । उनले आगामी दिनमा पनि यसरी गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

    सांसद गुरुङले आफूले सांसद भत्ता वापत पाउने रकम यसरी नै सामाजिक कार्यमा लगाउँदैआएकी छन् ।

    गत वर्ष स्थापित मानव सेवा आश्रम कास्की शाखाले सडकमा बेबारिसे अवस्थामा रहेका असहायहरुलाई सेवा दिँदैआएकोे अभियन्ता राजन सापकोटाले जानकारी दिए । आश्रममा हाल करिब ६० जना आश्रित छन् ।

    यस्तै, केही दिन अघि सांसद गुरुङले पोखरा–१६ स्थित वडास्तरीय अपांगता महासंघमा अक्षयकोष स्थापना सहयोगार्थ २१ हजार रुपैयाँ सहयोग गरेकी थिइन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।