ऋषिङका पहिरो पीडितलाई पूर्वमन्त्री शंकर भण्डारीद्धारा सहयोग हस्तान्तरण
July 19, 2020 6:04 pm
दमौली,४ साउन । ऋषिङका पहिरो पीडितलाई सहयोग हस्तान्तरण गरिएको छ । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी आइतबार पहिरो पीडित परिवारलाई सहयोग हस्तान्तरण गरेका हुन् ।
पूर्वमन्त्री भण्डारीले गैर आवसीय नेपाली संघ अमेरिकाजका क्षेत्रीय संयोजक राजन त्रिपाठी र अमेरिकाका उपाध्यक्ष कृष्णजीवी पन्थबाट प्राप्त ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका थिए । सोही अवसरमा रेडक्रस सोसाइटी कोटदरबाट प्राप्त ७२ हजार ६ सय ५ रुपैयाँ ,ऋषिङ ६ का ल्यापटने परिवारबाट प्राप्त २० हजार ५ सय रुपैयाँ, शिक्षक संघबाट प्राप्त ७ हजार रुपैयाँ , सोम रानाबाट प्राप्त २० हजार रुपैयाँ , नेपाली काग्रेस ऋषिङबाट प्राप्त २१ हजार ५सय र सहिद सरस्वतीकृष्ण श्रेष्ठको परिवारबाट २० हजार रुपैयाँ समेत हस्तान्तरण गरिएको थियो ।
ऋषिङ—८ भैसीकिलीमा पहिरो जाँदा अम्बरबहादुर थापाका परिवारका ५ जनाको ज्यान गएको थियो । सो अवसरमा पूर्वमन्त्री भण्डारीले यो दुःखको घडीमा पीडित परिवारहरु प्रति आफूहरुको समेत बताएका थिए । राहत हस्तान्तरण कार्यक्रममा नेपाली काग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आले र गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको समेत उपस्थिती रहेको थियो । दमौली,४ साउन । ऋषिङका पहिरो पीडितलाई सहयोग हस्तान्तरण गरिएको छ । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी आइतबार पहिरो पीडित परिवारलाई सहयोग हस्तान्तरण गरेका हुन् ।
पूर्वमन्त्री भण्डारीले गैर आवसीय नेपाली संघ अमेरिकाजका क्षेत्रीय संयोजक राजन त्रिपाठी र अमेरिकाका उपाध्यक्ष कृष्णजीवी पन्थबाट प्राप्त ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका थिए । सोही अवसरमा रेडक्रस सोसाइटी कोटदरबाट प्राप्त ७२ हजार ६ सय ५ रुपैयाँ ,ऋषिङ ६ का ल्यापटने परिवारबाट प्राप्त २० हजार ५ सय रुपैयाँ, शिक्षक संघबाट प्राप्त ७ हजार रुपैयाँ , सोम रानाबाट प्राप्त २० हजार रुपैयाँ , नेपाली काग्रेस ऋषिङबाट प्राप्त २१ हजार ५सय र सहिद सरस्वतीकृष्ण श्रेष्ठको परिवारबाट २० हजार रुपैयाँ समेत हस्तान्तरण गरिएको थियो ।
ऋषिङ—८ भैसीकिलीमा पहिरो जाँदा अम्बरबहादुर थापाका परिवारका ५ जनाको ज्यान गएको थियो । सो अवसरमा पूर्वमन्त्री भण्डारीले यो दुःखको घडीमा पीडित परिवारहरु प्रति आफूहरुको समेत बताएका थिए । राहत हस्तान्तरण कार्यक्रममा नेपाली काग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आले र गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको समेत उपस्थिती रहेको थियो ।