• श्रमिक नारी लाई नारी जागरण अभियान पोखराले सेफ्टी सामग्री बितरण

    April 11, 2019     10:09 pm

    पोखरा २८, चैत्र
    पोखरा १४, बाच्छेबुडुवा ल्याण्डफिल्ड साइडका ७५ जना श्रमिकहरुलाई नारी जागरण अभियान पोखराले सेफ्टी सामग्री पन्जा, गमबुट, मास्कवितरण गरेको छ । कार्यक्रममा श्रमिकहरुलाई काम गर्दा कसरी सुरक्षित रहने भनी स्वास्थ सम्बन्धी जनचेतना समेत दिइएको थियो ।


    उक्त अवसरमा अभियानका संयोजक अन्जु के।सीले नारी जागरणको उद्देश्य माथि प्रकाश पार्दै आगामी दिनमा पनि यसैगरी लक्षित वर्ग सम्म पुगेर अभियानलाई निरन्तरता दिने बताइन ।कार्यक्रममा वडा नं १४ का अध्यक्ष प्रेम बहादुर कार्की ले ल्याण्डफिल्डमा काम गर्दै विज्ञान विषय पढने श्रमिक छात्रा मिनाकुमारी रानालाइ आगामी शैक्षिक शत्रका लागि रु।२००००। सहयोग गर्ने बताउनु भयो ।

    कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले नारी जागरण अभियानको यस कार्यक्रमर्ले स्वास्थ नै धनहो’ भन्ने सन्देश प्रदान गर्दै समावेशी विकासका लागि सहयोग गर्ने बताए ।

    सिंहदरबारको सरकार अहिले गाउँगाउँमा आएको भन्दै गण्डकी प्रदेशको गरिबी १४५ बाट ७५ मा झार्न सम्पुर्ण जनप्रतीनिधिहरुले जनताको सेवक भएर काम गर्नु पर्ने बताए । कार्यक्रम पश्चात वहाँ श्रमिकहरुका नदी किनारमा रहेको घरदैलोमा पुग्नु भयो भने वात्सायान वृद्धाश्रमको समेत निरीक्षण गर्नु भयो ।


    सो कार्यक्रममा श्रमिकमहिला लक्ष्मी परियारले आफना समस्याहरु राख्दै अहिले सम्म आफुहरुले मन्त्रीलाई नदेखेको, आजआफनै सामु प्रत्यक्ष देख्न, बोल्न पाउँदा पत्यार नलागेको बताइन ।त्यस्तै नागरीक समाजका अध्यक्ष रामबहादुर पौडेल,अभियन्ता सुनिताश्रेष्ठ, महानगर सरसफाई शाखाका प्रमुख कल्पना बरालले भनाई राखेकाथिए ।

    वडा नं –५ का अध्यक्ष तथा पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले पोखरा महानगर श्रमिकहरुको हितमा सहयोग गर्न सधै तत्पर रहने बताउनु भयो। उक्त अवसरमा नयाँवर्ष २०७६ सालको शुभकामना आदानप्रदान गर्दै कार्यक्रमको स्वागत अभियन्ता यशोधा भट्टराईले,कार्यक्रमको संचालन रमा त्रिपाठीले र धन्यवाद ज्ञापन लक्ष्मी अधिकारीले गरेका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।