• राखेप सदस्य–सचिव पदका लागि कास्कीका तेजबहादुर गुरुङ सहित २७ जनाको निवेदन

    July 17, 2020     1:39 pm

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य–सचिव पदका लागि २७ जनाले आवेदन दिएका छन् ।

    राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएसँगै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट सदस्य सचिव छनोट हुन लागिएकोमा सो पदका लागि २७ जनाले आवेदन दिएको राखेपले जनाएको छ ।

    नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि तत्कालीन सदस्य–सचिव रमेशकुमार सिलवाल स्वतः पदमुक्त भएका थिए । त्यही रिक्त रहेको पद पुनःस्थापना गर्नका लागि युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रिम रानाभाट र इन्दिरा निरौलासहितको तीन सदस्यीय छनोट समिति गठन गरिएको थियो । सो समितिले एक साताका लागि समय दिएर दरखास्त आह्वान गरेकोमा आज दरखास्त दिने समय सकिएको हो ।

    सदस्य–सचिवमा आवेदन दिनेमा निवर्तमान सदस्य–सचिव रमेशकुमार सिलवालसहित ललितपुरका रोशन महर्जन, भरतपुरका अनिल अधिकारी, सोलुखुम्बुका हर्कबहादुर राई, सुनसरीकी मिना श्रेष्ठ, डडेलधुराका शिवराज भट्ट र बाग्लुङका लिलबहादुर थापा मगर रहेका छन् ।

    त्यसैगरी काठमाडौँका रवि राजकर्णिकार, काठमाडौँकै अचुतम लामिछाने, ललितपुरकी निलमसिंह बज्राचार्य, झापाका मेघराज पौडेल, काठमाडौँका रामेश्वर श्रेष्ठ, ललितपुरका अच्युत खनाल, पोखराका मनबहादुर गुरुङ, मोरङका विजयकुमार राइ, काठमाडौँका सानुराजा केसी र किशोर शाही रहेका छन् ।

    ललितपुरका अञ्जु श्रेष्ठ, सुदिल शाही, काठमाडौँका रमेशमान डंगोल, ध्रुवराज न्यौपाने, बाजुराका खेमराज अधिकारी, काठमाडौँका राम पुडासैनी, ललितपुरका सुनिल नकर्मी, काठमाडौँका रणबहादुर चन्द, मकवानपुरका दीपेन्द्र ढकाल र कास्कीका तेजबहादुर गुरुङले सदस्य–सचिव पदका लागि निवेदन दिनुभएको राखेपले जनाएको छ ।-रासस

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।