• एक महिनामा पहिरोबाट ९७ को मृत्यु, ४३ बेपत्ता

    July 16, 2020     9:04 am

    मनसुन सक्रिय भएपछिको एक महिनामा मुलुकभर विभिन्न क्षेत्रमा गएको पहिरोमा परी ९७ जनाले ज्यान गुमाएका छन् ।

    पहिरोमा परेर अहिलेसम्म ४३ जना हराइरहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यसवर्ष पहिरोका अकल्पनीय घटना हुँदा धेरै सर्वसाधारणले ज्यान गुमाउनु परेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

    पहिरो विज्ञका अनुसार एकै ठाउँमा धेरै पानी पर्ने, पानीको निकास व्यवस्थापन नहुने र ठाउँठाउँमा जथाभावी खनेर सडक बनाउने गर्दा पहिरो खसेको हो । प्राप्त विवरणअनुसार जेठ ३० देखि असार ३१ गतेसम्म पहिरोका कारण ८३ जना घाइते भएका छन् । एक महिनामा चट्याङका कारण १७ जनाले ज्यान गुमाएका छन् ।

    मुख्यतः पहिरोले पर्वत, बझाङ, सिन्धुपाल्चोक, पाल्पा, गुल्मी, जाजरकोट, तनहुँलगायत जिल्लामा बढी क्षति पु¥याएको छ । मनसुन सक्रिय भएको दिन जेठ ३१ गते पर्वतमा पहिरो जाँदा नौ जनाले ज्यान गुमाएका थिए । सिन्धुपाल्चोकलगायत केही जिल्लामा भने धेरै मानिस हराइरहेका छन् । अझै पनि खोजी कार्य जारी राखिएको छ । बाढी र डुबानका घटना भएपछि त्यसले ठूलो मानवीय क्षति भने गरेको छैन ।

    पछिल्लो २४ घण्टामा मात्रै मुलुकका विभिन्न सात स्थानमा पहिरो, आठ स्थानमा अविरल वर्षा भएको छ । एकदिनमा मुलुकभर कूल विपद्जन्य घटना २१ वटा भएको प्राधिकरणले जनाएको छ ।स्याङ्जाको कालीगण्डकीस्थित खहरे खोलामा बाढी आएको भनी हेर्न जाँदा पहिरोमा परेर ६ जना पुरिएकोमा तीन जनाको मृत्यु भएको, एक जना बेपत्ता भएको र दुई जना घाइते अवस्थामा फेला परेको प्राधिकरणले आज एक सूचना जारी गरी जनाएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।