• अन्तराष्ट्रिय स्तरको फस्ट इन्टरनेश्नल स्क्यावल च्याम्पिनसिप २०१९ मा प्रथम विराट लाई सम्मान ।

    April 11, 2019     7:59 pm

    २८ चैत्र पर्वत। निर्मल पौडेल

    वाग्लुङ नगरपालिका १४ नारायणस्थान स्थित गणेश माविको वार्षिक परिक्षाको नतिजा प्रकाशन गरिएको छ । विहिवार विधालयमा एक औपचारीक कार्यक्रमको आयोजना गरी परिक्षाफल प्रकाशन गरिएको हो ।
    सोहि अवसरमा विधालयमा अध्ययनरत छात्र विराट सापकोटा र अभिभावक आत्माराम शर्मा पौडेल लाई सम्मान गरिएको छ । गत अप्रिल ७ मा वंगलादेशमा सम्पन्न अन्तराष्ट्रिय फस्ट इन्टरनेश्नल स्क्यावल ष्लतभचलबतष्यलब िकअचबददभि अजबmउष्यल च्याम्पिनसिप २०१९ मा प्रथम हुन सफल विराट सापकोटा लाई सम्मान गरिएको हो । नेपाल र वंगलादेशका ७२ जना खेलाडीहरु लाई पछि पार्दै सापकोटा प्रथम हुन सफल भएका हुन् ।कार्यक्रममा वोल्दै विधालयका प्रधानध्यापक कृष्ण प्रसाद गौतमले अन्तराष्ट्रिय स्तरको प्रतिस्पर्धामा छात्र विराट सापकोटाले प्रथम स्थान हाँसिल गर्न सफल भएकोमा विधालय तथा समग्र वाग्लुङकै सान वढेको वताए । प्रथम हुन सफल विधार्थी विराट लाई उज्वल भविष्यको कामना गर्दै आगामी दिनहरुमा पनि अझै अगाडि वढ्न आग्रह गरे । विराट वाट अन्य विधार्थीहरुले पनि सिको गर्न सक्नुपर्नेमा जोड दिए । कार्यक्रममा विधालय व्यवस्थापन समितीका सल्लाहकार उमानाथ शर्मा, टेक वहादुर रोका,लक्ष्मी नारायण श्रेष्ठ,कृष्ण प्रसाद श्रेष्ठ शिक्षक अभिभावक संघका अध्यक्ष खगेन्द्र वहादुर खत्री लगायतले आफ्नो मन्तव्य राखेका थिए । विधालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद श्रेष्ठको अध्यक्षतामा , शिक्षक एकनारायण रिजालको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक विमल गौतमले गरेका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।