• थप १४४ जनामा कोरोना सङ्क्रमण

    July 13, 2020     9:40 pm

    नेपालमा विगत २४ घण्टामा थप १४४ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

    यो वृद्धिसँगै सोमवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १६,९४५ पुगेको छ। तीमध्ये ६०.७ प्रतिशत अर्थात् १०,२९४ जना भाइरसमुक्त भएका र ३८ जनाको मृत्यु भएको मन्त्रालयले बताएको छ। विगत २४ घण्टामा १,७०५ जना निको भएर घर फर्किएको जानकारी मन्त्रालयले आयोजना गरेको दैनिक प्रेस ब्रीफिङमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले दिए।

    अहिले देशभरि ६,६१३ सक्रिय सङ्क्रमित भएको उनले बताए। गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि सङ्क्रमण पुष्टि हुने मानिसको सङ्ख्या घटिरहेको छ। आइतवार ८२ जना सङ्क्रमित थपिएका थिए।

    अहिले पुष्टि भएका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्। तीमध्ये प्रदेश नं १ मा ६, प्रदेश नं २ मा ४१, वाग्मती प्रदेशमा १३, गण्डकी प्रदेशमा ८, प्रदेश नं ५ मा १४, कर्णाली प्रदेशमा ४६ र सुदूरपश्चिम प्रदेशमा १६ जना छन्। तीमध्ये सुर्खेतमा सर्वाधिक ४१ जना, धनुषामा २७ जना र कैलालीमा १० जना छन्।

    काठमाण्डू उपत्यकामा नौ जनामा सङ्क्रमण देखिको छ। तीमध्ये ललितपुरमा पाँच, काठमाण्डूमा तीन र भक्तपुरमा एक जना छन्। योसहित उपत्यकामा फेला परेका सङ्क्रमितको कुल सङ्ख्या ३५६ पुगेको छ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।