• गण्डकीमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

    July 11, 2020     4:01 pm

    २७ असार, पोखरा । गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग प्रयोगशाला केन्द्रमा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् । शनिबार नयाँ संक्रमित पुष्टि हुने जिल्लामा तनहुँ, म्याग्दी, स्याङ्जा, बागलुङका छन् । तनहुँमा कोरोना संक्रमण पुष्टि हुनेमा ब्यास नगरपालिकाका ३५ वर्षीय एक जना, बन्दीपुर गाउँपालिकाका २ जना र शुक्लागण्डकीका ३३ वर्षीय एकजना पुरुष छन् ।

    त्यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकामा २ जना संक्रमित फेला परेका छन् । उनीहरु दुवै ३० वर्षीय पुरुष हुन् । नयाँ संक्रमित पुष्टि हुनेमा स्याङ्जाका ३ जना छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार उनीहरु चापाकोट, कालीगण्डकी र वालिङ नगरपालिकाका हुन् । उनीहरु क्रमशः २९, १९ र २० वर्षीय पुरुष छन् ।

    त्यस्तै, बागलुङको बडिगाड गाउँपालिकाका १९ वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सोही जिल्लाकै गल्कोट नगरपालिकाका २५ र ३५ वर्षीय २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीका २ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि हुनेमा पोखरा महानगरका २५ र ८५ वर्षीय २ जना पुरुष छन् ।

    संक्रमितहरु सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ७६ पुगेको छ । जसमध्ये ४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । प्रदेशभरि कोरोनालाई जितेर घर फर्किनेमा ६ सय ३३ जना छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।