• अन्नपूर्ण गाउँपालिकाको अभियान- ‘एक कृषक, एक दुहुनो गाईभैँसी’

    July 9, 2020     11:37 pm

    कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले दूधलाई दैनिक आयआर्जनको माध्यम बनाउन  ‘एक कृषक, एक दुहुनो गाईभैँसी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

    यसका लागि पशुपालक कृषक समूहलाई गोठ निर्माण तथा भकारो सुधार कार्यका लागि अनुदान उपलब्ध गराउने नीति लिइएको छ । कृषकलाई पशुपालनतर्फ आकर्षित गर्दै दुग्ध उत्पादनलाई दीगो तथा व्यवस्थित गराउन पशुधन बीमा कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए । उनका अनुसार बहुवर्षे भुइँ घाँस, पोषिलो हिउँदे घाँस र बहुवर्र्षे डालेघाँसका बिरुवा लगाउने जस्ता कार्यक्रम सञ्चालन गरी कृषकको दुग्ध उत्पादन लागत घटाइनेछ । दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना एवं विस्तार गर्ने नीति अङ्गीकार गरिने उनले जानकारी दिए ।

    उनले व्यावसायिक पशुपालन, पशु बीमा, गोठ तथा भकारो सुधार उन्नत नश्लका गाई, भैँसी तथा बाच्छाबाच्छी तथा पाडापाडी हुर्काउने कृषकलाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रम अघि बढाइने बताए । दूध र मासुको उत्पादन वृद्धि गर्न पार्कोटे र लिमे जस्ता रैथाने जातका भैँसीपालन कार्यक्रमलाई प्राथमिकतामा राखिने जनाइएको छ । व्यावसायिक पशुपालनमार्फत रोजगार सिर्जना गरी युवालाई गाउँभित्रै स्वरोजगार बनाउनका लागि प्रतिस्पर्धी अनुदान उपलब्ध गराई युवालक्षित पशुपालन कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

    पशुपालक कृषकमा सीप हस्तान्तरणद्वारा आधुनिक पशुपालन पद्धतिको विकास गर्दै लैजान कृषक समूह, समिति, सहकारी, गैरसहकारी संस्था र गाउँपालिकाबीच साझेदारीका साथ विशेष कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । उनका अनुसार व्यावसायिक पशुपालकलाई उत्प्रेरित गर्न विभिन्न तालिम तथा प्रोत्साहनका साथ दलित, जनजाति, महिला तथा विपन्न वर्गमा विशेष प्राथमिकता दिइ पशु विकास कार्यक्रम सञ्चालन गरिनेछ । रासस

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।