• आकर्षक नगद पुरस्कारको फ्यासिनो फोटो कन्टेस्ट आइतबारदेखि

    July 9, 2020     8:11 pm

    पोखरा, २५ असार । यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता भि ए डब्लु इन्टरप्राइजेज प्रा.लि. यामाहा सोरुम पोखराले फ्यासिनो फोटो कन्टेस्ट गर्ने भएको छ ।

    यामाहा पोखराको आधिकारिक फेसबुक पेजमा पोष्ट हुने फोटो कन्टेस्टका विजेताले नगद रु ७ हजार तथा उपविजेताले नगद रु ४ हजार प्राप्त गर्ने यामाहा सो रुम पोखरा भि ए डब्लु इन्टरप्राइजेज प्रा.लि.का अध्यक्ष सरोज श्रेष्ठले जानकारी दिए । असार २८ गतेबाट शुरु हुने फोटो कन्टेन्स्ट साउन १० गते सम्म १५ दिन जारी रहने छ ।

    कन्टेस्टमा सहभागी हुन चाहनेले यामाहाको उत्पादन फ्यासिनो स्कुटरमा फोटो सुट गरेर यामाहा पोखराको आधिकारिक पेजमा पठाउनु पर्ने यामाहा सोरुम पोखराका सञ्चालक सक्षम श्रेष्ठले बताए । यामाहा पोखराको फेसबुक पेजमा पोष्ट भएको फोटो आफ्नो फेसबुक टाइमलाइनमा शेयर गर्नु पर्नेछ । विजेताको घोषणा उसले पाउने नम्बरको आधारमा गरिने सञ्चालक श्रेष्ठले बताए ।

    ‘कन्टेस्टमा सहभागी मध्य जसको धेरै शेयर वा लाइक आउने छ उसले पुरस्कार जित्ने छ ।’ यामाहा पोखराका सक्षम श्रेष्ठले भने ‘पोष्ट फेसबुकमा प्रति शेयरको २ नम्बर तथा पोष्ट लाइकको एक नम्बर प्रदान गरिने छ ।’ फोटो कन्टेस्टमा जोसुकैले पनि भाग लिन पाउने यामाहा पोखराले जनाएको छ । कन्टेस्टमा सहभागी हुन चाहनेले आफ्नो स्कुटर, साथीको स्कुटर वा सोरुममै आएर पनि सोरुमको स्कुटरमा फोटो सुट गर्न सक्नेछन् ।

    यामाहाले युवा पुस्तालाई लक्षित गरि नेपालमै पहिलो पटक एफआइ सिस्टम (फ्युल इन्जेक्टर सिस्टम) भएको फ्यासिनो १२५ एफआइको विक्री पनि खुल्ला गरेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।