• राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट हावाहुरी पिडितहरुलाई ७५ लाख सहयोग

    April 10, 2019     10:25 pm

    पोखरा, २७ चैत्र ।
    चेत १७ गते आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको हावाहुरीबाट ठूलो जनधनको क्षति भयो । हावाहुरीबाट प्रभावित पिडितहरुलाई राष्ट्रिय वाणिज्य बैंकले ७५ लाख हसयोग गरेको छ ।

    उक्त प्राकृतिक विपद्को कारणवाट दिवंगत भएका व्यक्तिहरुको चीर शान्तीको कामना गर्दै बैंकले पिडित परिवारहरुलाई राहत पु¥याउने उद्देश्यले प्रधानमन्त्री दैवि प्रकोप उद्दार कोषमा जम्मा हुने गरि एक समारोहका बिच ७५ लाख प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको हो ।

    राष्ट्रिय वाणिज्य बैंक लि. सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले प्रधानमन्त्री ओलीलाई सो रकम हस्तान्तरण गरेका हुन् ।

    प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरवारमा सम्पन्न उक्त कार्यक्रममा कानूनमन्त्री भानूभक्त ढकाल, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायतका उपस्थिति रहेको थियो ।

    हावाहुरीको कारणवाट भएको ठूलो जनधनको क्षति प्रति बैंक परिवार दुःख व्यक्त गरेको छ ।

    हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २१८ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।