• कोरोनाबाट बच्न सुनको मास्क

    July 6, 2020     6:23 pm

    एजेन्सी / कोरोना भाइरसको महामारीका बीचमा केही रोचक तस्वीरहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् ।

    यही बीचमा अहिले सामाजिक संजालमा सुनको मास्क लगाएका एक व्यक्तिको तस्वीर भाइरल भइरहेको छ । यी व्यक्ति महाराष्ट्रका शंकर कुराडे हुन् । उनलाई गोल्डेन म्यान भनेर पनि चिनिन्छ । सुनका गहना लगाउन सौखिन शंकरले सामान्य समयमा पनि करिब ३ किलो सुनका गहना लगाएर हिँड्छन् । शंकरले अहिले बनाएको मास्कको तौल ५० ग्रामभन्दा धेरै भएको बताइएको छ । यो मास्क २ लाख ८९ हजार भारतीय रुपैयाँ मूल्यको भएको उनले बताएका छन् ।

    शंकरका अनुसार यो मास्कमा साना साना प्वालहरु बनाइएको छ ताकि सास फेर्न कठिन नहोस् । यद्यपि यो मास्क प्रभावकारी हुन्छ वा हुँदैन भन्ने विषयमा आफू नै विश्वस्त नभएको उनले बताएका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।