• भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा बनेको फिल्म प्रदर्शनमा रोक

    April 10, 2019     9:19 pm

    पोखरा, २७ चैत्र । भारतीय निर्वाचन आयोगले प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक जीवनमा केन्द्रीत रहेर बनाइएको फिल्म प्रदर्शनमा रोक लगाएको छ । बुधबार आयोगले ‘पिएम नरेन्द्र मोदी’ नामको फिल्म प्रदर्शनमा रोक लगाएको हो ।

    लोकसभा निर्वाचनलाई मध्यनजर गरेर बनाइएको उक्त फिल्म बिहीबारदेखि प्रदर्शन गर्ने तयारी थियो । निर्वाचन सुरु भएपछि प्रदर्शन सुरु गरिन थालिएको सो फिल्मको प्रचारले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने भन्दै आयोगले रोक लगाएको बताइएको छ । पिएम मोदीसँगै एटीआर लक्ष्मी, उद्यमा सिंहम नाम फिल्महरु पनि रोक लगाएको आयोगले जनाएको छ ।

    आयोगले निर्वाचन सुरु हुँदै गर्दा प्रदर्शन गरिने यस्ता फिल्मले कुनै पनि राजनेता वा राजनीतिक पार्टीको छविमा असर पर्न सक्ने भएकोले प्रतिबन्द लगाइएको जनाएको छ । यसअघि काँग्रेस आइका एक कार्यकर्ताले पिएम नरेन्द्र मोदी फिल्म बन्द गर्नु पर्ने भन्दै त्यहाँको सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटलाई अदालतले खारेज गरेको थियो ।
    एजेन्सी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।