• रोकिएन असारे विकास

    July 3, 2020     5:05 pm

    –पूर्णप्रसाद मिश्र,काठमाडौँ । पूर्वाधार विकासका काम आर्थिक वर्षको अन्तिम महिनानामा हुने क्रम रोकिएको छैन ।

    तीनै तहका सरकारको बजेट पारित अघिल्लो वर्षको असारमै हुने कानूनी व्यवस्था गरिएको छ । विनियोजित बजेट तह लगाउने उद्देश्यले अन्तिम समयमा काम हुँदा गुणस्तरमा सम्झौता हुने गरेको छ । यसले गर्दा विकास निर्माणमा छुट्याइएको बजेट बालुवामा पानी हाले सरह भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको केन्द्र थलीबाट मूलपानीको प्लटिङमा निस्कने भित्री सडककमा असारको तेस्रो साता बल्ल काम थालिएको छ । असारे झरीका बीच सडकमा काम हुँदा गुणस्तरमा सम्झौता भएको स्थानीयवासीको गुनासो छ ।

    भित्री कच्ची सडकमा मुसलधारे वर्षाका बीच काम हुँदा बाटो हिलोले हिँड्न नसकिने, पैदल यात्री एवं सवारी वाहक चिप्लिएर लडेर घाइते हुने लगायत समस्या रहेको स्थानीयवासी श्रीराम सापकोटाले बताए । निर्माण स्थलमा सूचना पाटी समेत नदेखिँदा कति सडकमा के काम गर्न लागिएको भन्ने थाहा नभएको उनले सुनाए । सडक निर्माणका क्रममा सिमेन्टको मात्रा समेत कम प्रयोग भएको स्थानीयवासीको भनाई छ ।

    स्थानीयवासीले गुणस्तरीयता कायम हुनुपर्यो भनी राखेको माग पनि निर्माण व्यवसायीले सुनेका छैनन् । नगर प्रमुख कृष्णहरि थापा वाग्मती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालयको ठेक्कामा काम भइरहेको बताउँछन् । असारे झरीमा ग्राभेल नहाल्न नगरपालिकाले समेत अनुरोध गरेको उनले बताए ।

    जिल्ला प्रशासन कार्यालबाट दरभाउ नआई बोलपत्र नहुने, असोजसम्ममा मात्र दरभाउ आउने, त्यसपछि टेण्डर गर्दा काम गर्ने समय असारमै पुग्ने गरेको नगरपालिकाले जनाएको छ । यसमा सुधारका लागि प्रशासन कार्यालय र महालेखा परीक्षकको कार्यालयलाई समेत अनुरोध गरिएको नगर प्रमुख थापाले जानकारी दिए ।

    पूर्वाधार विकास कार्यालय अन्तर्गत ठेक्का भई प्लम्ब वाल लगाउने काम सम्पन्न भइसकेको इञ्जिनीयर सुजन थापाले बताए । त्यही सडकको मूलपानी प्लटिङतिरको भागमा नगरपालिकाले काम गरिरहेको छ । नगरपालिकाको काममा भने विभिन्न किसिमका समस्या आएको सुनिएको उनले जानकारी दिए ।

    त्यो सडकका विषयमा स्थानीयवासीले बिरोध समेत गरिरहेका छन् । कार्यालयले गरेको भागमा भने सूचना पाटी राखिएको उनको भनाइ छ । त्यस क्षेत्रमा रु एक करोडको लागतमा ५८८ घनमिटरको वाल निर्माण भएको जनाइएको छ । नगरपालिकाको वडा नं. ५ को एउटै सडकमा एकातिर पूर्वाधार विकास कार्यालय र अर्कोतिर नगरपालिकाले काम गरिरहेको छ । नगर प्रमुख थापा पनि त्यस क्षेत्रमा नगरपालिकाको योजना समेत सञ्चालनमा रहेको स्वीकारर्छन् । । वर्षामा ग्राभेल भने नहाल्ने उनको भनाई छ । -रासस

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।