• राेगले भन्दा भोकले मर्ने भइयो भन्दै ट्याक्सी व्यवसायी प्रदर्शनमा, ३ सय ट्याक्सी नियन्त्रणमा

    June 30, 2020     10:10 am

    १६ असार, काठमाडौं । लकडाउनका कारण लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरु मंगलबार बिहान नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका छन् ।

    ट्याक्सी चालक तथा व्यवसायीहरुले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’, घरबेटीले कोठा भाडा माग्यो सरकार’, ‘कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेऊ’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । सो क्षेत्रमा उल्लेख्य संख्यामा नेपाल प्रहरी र ट्राफिक प्रहरीहरु खटाइएको छ ।

    सरकारले कोरोना संक्रमणको जोखिम रहेको भन्दै सार्वजनिक यातायातका साधन चलाउन रोक लगाएको छ । सरकारले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । लकडाउनका कारण आफूहरु भोकभोकै बस्नु पर्ने अवस्था आएको भन्दै प्रदर्शनमा निस्किएका ट्याक्सी ठाउँठाउँमा नियन्त्रणमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनीहरुलाई केशरमहल, सिंहदरबार, जावलाखेल, कोटेश्वर, गौशाला, महाराजगञ्ज, गोंगबु लगायतका क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

    महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले हालसम्म ३ सय ८ वटा ट्याक्सीलाई नियन्त्रणमा लिइएको बताए । उनले भने, ‘हामीले प्रदर्शनभन्दा पनि नियमलाई हेर्ने हो । सार्वजनिक सवारीसाधन चलाउन पाइँदैन, त्यसैले होल्ड गरिएको हो ।’ साँझ ती ट्याक्सीहरुलाई छाडिने उनले बताए । ट्याक्सी व्यवसायी दिपक केसीले भने प्रदर्शनमा निस्किएका ट्याक्सीलाई नियन्त्रणमा लिएर प्रहरीले दमन गरेको बताए । उनले प्रश्न गरे, ‘निजी सवारीसाधन र एम्बुलेन्समा भाडा लिएर मान्छे चढाउन हुने, हामीले आफ्नो माग पनि राख्न नपाउने ?’

    लकडाउनका कारण लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि व्यवसायीहरु मंगलबारबाट आन्दोलनमा उत्रिएका छन् । उनीहरु नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा छन् ।-अनलाइनखबर

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।