• займ онлайн

    तनहुँका स्थानीय तहले ल्याए सात अर्बको बजेट

    June 27, 2020     5:34 am

    तनहुँ जिल्लाका दश स्थानीय तहले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि करीब रु सात अर्बको बजेट सार्वजनिक गरेका छन् ।

    चार नगरपालिका र छ गाउँपालिकाले रु छ अर्ब ९२ करोड ५२ लाख ८७ हजार दुई सय ४० को अनुमानित बजेट सार्वजनिक गरेका हुन् । व्यास नगरपालिकाले रु एक अर्ब ५२ करोड ९७ लाख ५१ हजार, शुक्लागण्डकी नगरपालिकाले रु एक अर्ब सात करोड सात लाख ३७ हजार, भानु नगरपालिकाले रु ७८ करोड ९१ लाख १२ हजार, भिमाद नगरपालिकाले रु ५६ करोड ५३ लाख सात हजार, ऋषिङ गाउँपालिकाले रु ५९ करोड ९७ लाख २० हजार दुई सय ४०, बन्दीपुर गाउँपालिकाले रु ५८ करोड ३२ लाख ७१ हजार, आँबुखैरेनी गाउँपालिकाले रु ५७ करोड ३९ लाख सात हजार, म्याग्दे गाउँपालिकाले रु ४७ करोड ४२ लाख २४ हजार, देवघाट गाउँपालिकाले रु ४० करोड ७५ लाख ५८ हजार र घिरिङ गाउँपालिकाले रु ३३ करोड १७ लाखको बजेट सार्वजनिक गरेको हो ।

    शुक्लागण्डकी नगरपालिकाले बाँझो जमीनलाई उत्पादनमूलक बनाउने नीति लिएको छ । नगर क्षेत्रभित्र बाँझो रहेका जमीनलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गरी कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न कार्यक्रम ल्याइएको उपप्रमुख सविता रसाइलीले जानकारी दिइन् । नगरपालिकाको आफ्नै भूउपयोग नीति बनाइने र कृषिको व्यावसायिकीकरण र विविधीकरणमा जोड दिने योजना बनाइएको जानकारी दिइन् । “वैदेशिक रोजगारबाट फर्किएका बेरोजगार युवालाई उनीहरुको सीप, योग्यता, अनुभव र क्षमताको आधारमा युवा लक्षित कार्यक्रम सञ्चालन गरिनेछ”, उनले भनिन् ।

    विगतका वर्षमा निर्धारण गरिएको कृषि उपज पकेट क्षेत्र र एक वडाः एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिई थप पकेट क्षेत्रको पहिचान गरिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । नगरक्षेत्रभित्र बाँझो रहेका जग्गाको पहिचान गरी कृषकलाई त्यस्ता जग्गामा खेती गर्न प्रोत्साहित गरिने र पर्याप्त बजेटको व्यवस्था गरिने उनले जानकारी दिइन्। जिल्लाका स्थानीय तहले कृषि, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास लगायतलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेका छन् ।-रासस

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।