• займ онлайн

    ब्याजमा मिनाहा दिन होटल व्यवसायीको माग

    June 25, 2020     11:32 pm

    तीन महिनादेखि व्यवसाय बन्द भएको जनाउँदै होटल व्यवसायी सङ्घ सुर्खेतले सो अवधिको ब्याज मिनाहा दिन सरकारसँग माग गरेको छ ।

    ब्याज मिनाहासँगै सङ्घले न्यून ब्याजदरमा ऋण उपलब्ध गराउन पनि माग गरेको छ । आज विज्ञप्ति जारी गर्दै सङ्घले व्यवसायीले घर भाडा र बैंकको ब्याज तिर्न नसकेर पलायन हुने अवस्था आएको दुखेसो गरेको छ । सङ्घका अध्यक्ष गोरख रावतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “सुर्खेत जिल्लामा मात्रै एक हजार २५० भन्दा बढी होटलहरु छन् । यसमा करीब छ हजार बढी जनशक्तिले रोजगारी पाइरहेको अवस्था छ । बन्दाबन्दीका कारण होटल व्यवसाय बन्द हुँदा नागरिकको रोजगारी मात्रै गुमेको छैन, अर्बौैंको नोक्सानी भएको छ ।”

    सङ्घले होटल व्यवसायी सबैभन्दा बढी घरभाडाका मारमा परेकाले लकडाउन अवधिभरको घरभाडा पूर्णरुपमा र संक्रमणकाल रहुञ्जेलका लागि ५० प्रतिशत छुटको व्यवस्था गर्न सरोकार भएकाहरुसँग आग्रह गरेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।