• पोखरामा महानगर स्तरीय योग केन्द्रको आवाश्यकता बास्तोला

    April 10, 2019     7:26 pm

    पोखरा, २७ चैत्र ।

    श्री गणेश योग केन्द्र पोखरा—४ ले बुधबार पहिलो वार्षीकोत्सव मनाएको छ । गणेश गुठी पोखरामा भएको केन्द्रको पहिलो वार्षीकोत्सव कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नंं. ४ का वडा अध्यक्ष शंकर प्रसाद बाँस्तोलाले महानगर स्तरीय योग केन्द्र स्थापनाका लागी आवाश्यक पहल गर्ने बताउनुभयो ।

    पोखरामा योग प्रेमीहरुको संख्या बढ्दै जाँदा उपयुक्त र व्यवस्थित योग केन्द्रको आवाश्यकता तड्कारो बनेको उहाँले उल्लेख गर्नुभयो । परिवर्तनका लागी आसन, भाषण र सम्मानलाई त्याग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

    पतन्जली योग केन्द्रका केन्द्रिय सदस्य नरेन्द्र लालचनले योग साधकका लागी साधना र छिमेकीहरुका लागी सेवा हुने बताउनुभयो । योगको साधनाले विभिन्न प्रकारका जटिल रोगहरुसंग लड्नसक्ने रक्षात्मक शक्तिको आर्जन हुने उहाँले विश्वास दिलाउनुभयो ।

    पतन्जली योग केन्द्र गण्डकी प्रदेशका प्रभारी दिपक सिग्देलले आत्मा शुद्धि र स्वास्थ्य पर्वद्धनका लागी योग हरेक मानिसका लागी अनिवार्य रहेको बताउनुभयो । कार्यक्रममा बोल्ने अधिकांस योगका जानकारहरुले योग मार्फत सकारात्मक सोचको विकास हुने बताएका छन् ।

    योगकेन्द्रलाई भिमसेन योग केन्द्रको तर्फबाट नगद रु.१० हजार सहयोग समेत प्रदान गरिएको छ । केन्द्रकी अध्यक्ष कमला नापितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत साधीका गंगा पौडेल र संचालन केन्द्रकी सल्हाकार बन्दना बजिमयले गर्नुभएको थियो ।

    केन्द्रमा ३० जना योग साधक तथा साधिकाहरुले निशुल्क योगको प्रशिक्षण लिईरहेका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।