• займ онлайн

    नेपालमा काेराेना संक्रमित संख्या ११ हजार नाघ्यो, थप ४३४ जनामा संक्रमण

    June 25, 2020     11:00 pm

    ११ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको पुष्टि भएको छ ।

    यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा दुई महिला र दुई पुरुष, भक्तपुरमा एक महिला र तीन पुरुष तथा ललितपुरमा एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।

    सबैभन्दा धेरै पाल्पामा १२२ जना संक्रमित थपिएका छन् । यस्तै, कञ्चनपुरका ६० जना, रौतहटका ३८, दैलेखका १९, बझाङका १८, अछाम र सुर्खेत १३/१३ जना र डडेलधुराका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, तनहुँ र धनुषाका ९/९ जना, बाजुरा र सप्तरीका ८/८ जना, प्युठान र रुपन्देही ७/७ जना, सुनसरी, बर्दिया र म्याग्दीका ६/६ जना, सर्लाही, महोत्तरी र नवलपरासीका ५/५ जना, बैतडी, कैलाली, कालीकोट, बाँके, नवलपरासी र ताप्लेजुङका ३/३ जना तथा सिराहा, इलाम, जुम्ला, लमजुङ, रामेछाप, धादिङ, गोरखा र बाग्लुङका २/२ मा संक्रमण पुष्टि भएको छ ।

    यसैगरी बाँके, दार्चुला, खोटाङ, जुम्ला, ओखलढुङ्गा, कास्की, सल्यान, झापा, मोरङ, बारा, डोल्पा, दाङ, गुल्मी, स्याङ्जा र रुकुमपूर्वका १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।

    थप दुई जनाको मृत्यु : मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । स्याङ्जाको सिरुवारीका ५५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । मधुमेहका बिरामी समेत रहेका उनी ८ असारमा अस्पताल भर्ना भएका थिए ।

    यस्तै, पाटन अस्पतालमा उपचारका क्रममा ५० वर्षका पुरुषको पनि मृत्यु भएको छ । करिब ५ महिना अगाडि मिर्गौला प्रत्यारोपण गरेका उनी नर्भिक अस्पताल पुगेका थिए । कोरोना पुष्टि भएपछि पाटन रिफर भएका थिए । उनको उपचारकै क्रममा बिहीबार बिहान निधन भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

    ३१२ जना डिस्चार्ज : पछिल्लो २४ घण्टामा देशभरका अस्पताल तथा आइसोलेसन सेन्टरबाट ३१२ जना डिस्चार्ज भएका छन् । यससँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६५० पुगेको छ ।साथै, देशभरका क्वारेन्टिनमा ७४ हजार २२ जना रहेको मन्त्रालयले जनाएको छ ।- अनलाइनखबर

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।