• займ онлайн

    कोरोना संक्रमितलाई पोखरा समाज अष्ट्रेलियाको सहयोग

    June 25, 2020     6:23 pm

    जन्मभुमि देखि सात समुन्द्र पारि कर्मभुमिमा रहदा समेत अष्ट्रेलियामा रहेका पोख्रेलीहरूले कोभिड-१९ को बड्दो महामारीमा स्वदेश कै चिन्ता लिई बिदेशी भुमिबाट आफुले सक्ने सहयोग गरिरहेका छन् ।

    यतिबेला पोखरा समाज अष्ट्रेलियाले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोभिड-१९ पोजेटिभ देखा परि उपचाररत बिरामीहरूलाई सुरूका दिन देखिनै नियमित दैनिक ताजा फलफुलको ब्यवस्था गरिरहेको छ। जस्को नियमित स्थानिय ब्यवस्थापन श्री सत्य युवा क्लबले गरिएको छ।नियमित रूपमा हामीले अस्पतालमा ताजा फलफुल पुर्याउदछौ र त्यहाको ब्यवस्थापन अनुरूप कर्मचारिहरूले बिरामी सम्म पुर्याउनु हुन्छ। क्लबका अध्यक्ष सुरेन गुरूङ बताउदछन्।
    आपतको बेला सम्बेदनसिल अवस्थामा यो अतिनै मानविय कर्म हो जुन अष्ट्रेलियामा भयका नेपालीहरूले गरिरहेका छन्।

    यस पबित्र कार्यको सबैले सम्मान गर्नैपर्छ ।रचनात्मक सामाजिक कार्यका सवालमा यतिबेला पोखरा समाज अष्ट्रेलिया धन्यवाद को पात्र बनेको छ।कोरोना भाईरस बाट प्रभावित भै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गरिरहेका बिरामीहरुले यतिबेला हृदय देखिनै समाज प्रति आभार व्यक्त गरेका छन् ।

    स्वदेश प्रति हरेक बखत सहयोग गर्न समाज तयार रहेको अध्यक्ष राज कुमार अधिकारी बताउदछन्। प्रवास बाट सोदेश प्रति यो महामारीमा पहिलो सहयोगको घोषण गरि पहिलो चरणमा प.क्षे.अस्पताल लाई बिबिध स्वास्थ सामाग्री हस्तान्तरण गरिसकेको समाजले दोश्रो चरणका सहयोग कार्यक्रमहरु समेत अगाडि बढाई रहेको छ।
    प्रवासमा रहेता पनि आपतका बेला सोदेश प्रतिको जिम्मेवारी र उत्तरदायित्वलाई समाजले सदैब वहन गर्ने बताउदै समाजका महासचिव समित के सि ले अभियानमा सहयोगका निम्ति सबैमा धन्यवाद व्यक्त गरेका छन् ।

    कोभिड-१९ को प्रभावमा प्रवास देखी सोदेश सम्म प्रभावकारी सहयोग अभियानमा जुटेको पोखरा समाज अष्ट्रेलिया आउदा दिनहरूमा समेत रचनात्मक सामाजिक गतिविधिमा अग्रपंक्तिमा रहने छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।