• займ онлайн

    अमेरिकामा एकैदिन ३४ हजारभन्दा धेरै नयाँ कोरोना संक्रमित

    June 25, 2020     10:28 pm

    ११ असार, काठमाडौं । अमेरिकामा मंगलबार एकैदिन ३४ हजारभन्दा धेरै नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

    जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार मंगलबार ३४ हजार ७२० नयाँ संक्रमित फेला परेका हुन् । मंगलबार अमेरिकाका तीन राज्यमा अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । क्यालिफोर्निया, टेक्सास र फ्लोरिडामा अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका हुन् । अमेरिकाको सेन्सस ब्यूरोको आकलनअनुसार यी तीन राज्यमा अमेरिकाको समग्र जनसंख्याको एक चौथाइभन्दा धेरै मानिस बसोबास गर्छन् ।

    टेक्सासमा मंगलबार एकैदिन पाँच हजार ५५१ नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै क्यालिफोर्नियामा सात हजार १४९ जना नयाँ संक्रमित फेला पर्दा फ्लोरिडामा पनि पाँच हजार ५११ नयाँ संक्रमित फेला परेका छन् । अमेरिकामा केही राजनीतिकर्मीले भने संक्रमितको संख्या बढ्नुको कारण परीक्षणको दायरा बढाइनु रहेको बताउँदै आएका छन् । अघिल्लो साताको तुलनामा अमेरिकाका कम्तीमा २६ राज्यमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या बढिरहेको देखिएको छ ।

    अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले जुलाई १८ सम्म अमेरिकामा कोरनो भाइरसको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ३० हजार देखि एक लाख ५० हजारसम्म पुग्ने चेतावनी दिएको छ । अहिलेसम्म अमेरिकामा कोरोना भाइरसका २३ लाख ८० हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने एक लाख २१ हजार ९६९ जनाको मृत्यु पनि भइसकेको छ । -सीएनएन

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।