• займ онлайн

    बेसार पानी गीत भाईरल बन्दै, प्रधानमन्त्रीलाई गीतमा ब्यङ्गय

    June 24, 2020     2:55 pm

    विश्व महामारीको चपेटामा परेको नेपालले लकडाउन खेपेको पनि निक्कै भैसक्यो । यो अवधिमा सरकारको कामलाई फितलो भन्दै बिरोध गर्नेहरु पनि निस्किए ।

    यता प्रधानमन्त्री केपि शर्मा ओलिको बोलिलाई पनि आम नागरिकले उडाउन सम्म उडाए । उनले दिएका अभिव्यक्ति सामाजिक संजालमा ट्रोल बने संगै राजनैतिक हस्तीहरु प्रधानमन्त्री ओलिको आलोचक बन्न पुगे ।

    यता एक समुहले भने कोरोनाको बारे ओलिले बोलेको आलोचित कुराहरुलाई गीत नै बनाएका छन् । उनले कोरोनाबाट बच्न ‘बेसार पानी खानु’, ‘हाछ्यु गरेर उडाउनु’ लगायत दिएका अभिव्यक्तिहरु अहिले सामाजिक संजालमा भाईरल भैरहेको परिवेशमा यस्तो गीत निस्किएको हो । गीतमा पनि रमाईलो शैलिमा प्रधानमन्त्री ओलिलाई उडाएका छन् । ‘बेसार पानी’ बोलको गीत यस्तो बनेको छ ।

    गीतलाई प्रदिप त्रिपाठी, किशोर नेपाली र प्रदिप तिवारीले गाएका छन् भने यिनै ३ जनाले शब्द संकलन तथा गीतमा संगीत भरेका छन् । तारानाथ आचार्यले म्युजिक एरेन्ज गरेका छन् । काठमाडौको डाडामा ब्याण्ड सहित छायांकन गरिएको भिडियोलाई गणेश सापकोटाले खिचेका छन् भने भिडियो निर्देशन गायकहरुकै रहेको छ । भिडियो सम्पादन सुवास अमगाईले गरेका हुन् । गीत युट्युबमा सार्बजनिक भएको केही घन्टामा नै टिकटकमा भाईरल हुन सुरु भएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।