• займ онлайн

    भारतमा एकैदिन करिब १६ हजार कोरोना नयाँ संक्रमित थपिए, ४६५ जनाको मृत्यु,

    June 24, 2020     2:13 pm

    १० असार, काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४६५ जनाको मृत्यु भएको छ ।

    भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १४ हजार ४७६ पुगेको छ । भारतमा संक्रमितको संख्या चार लाख ५६ हजार १८३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा १५ हजार ९६८ नयाँ संक्रमित फेला परेका छन् ।

    भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा एक लाख ३९ हजारभन्दा धेरै कोरोना भाइरसका संक्रमित भेटिएका छन् भने ६ हजार ५३१ जनाको मृत्यु भइसको छ । दिल्लीमा ६६ हजारभन्दा संक्रमित भेटिँदा दुई हजार ३०१ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा पनि ६४ हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने ८३३ जनाको मृत्यु भएको छ ।

    उत्तर प्रदेशमा करिब १९ हजार संक्रमित फेला परेका छन् भने ५८८ जनाको मृत्यु भइसकेको छ । पश्चिम बंगालमा पनि १४ हजारभन्दा धेरै संक्रमित भेटिँदा ५८० जनाको मृत्यु भएको छ । बिहारमा अहिलेसम्म आठ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ५६ जनाको मृत्यु भएको छ ।अहिलेसम्म भारतमा कोरोना भाइरसका दुई लाख ५८ हजार ६८५ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।