• सोती घटनाः वादी र जाहेरीवालातर्फका वकिलको सकियो बहस

    June 22, 2020     9:40 pm

    पश्चिम रुकुम । सोती मुद्दामा रुकुम जिल्ला अदालतमा थुनछेक बहस जारी छ । शुक्रबारदेखि शुरु भएको बहस आज पनि जारी रह्यो ।

    थुनछेक बहस शुरु भएको तीन दिनमा वादी र जाहेरीवालातर्फका वकिलको बहस सकिएको छ ।
    आज बाँकी रहेका जाहेरीवालातर्फका सात वकिलको बहस सकिएसंँगै वादी र जाहेरीवालातर्फका वकिलको बहस सकिएको रुकुम जिल्ला अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिए ।

    उनका अनुसार वादी र जाहेरीवालातर्फबाट २३ वकिलले बहस गरेका छन् । पहिलो दिन शुक्रबार वादीका तर्फबाट पाँच सरकारी वकिल र दुई जाहेरीवालातर्फका गरी सात तथा आइतबार जाहेरीवालातर्फका नौ र आज जाहेरीवालातर्फकै सात वकिलले बहस गरेका हुन् ।

    मङ्गलबार प्रतिवादीतर्फका वकिलको बहस शुरु हुने स्रेष्तेदार बोहराले बताए । प्रतिवादीतर्फबाट सात वकिलले बहस गर्दै छन् । प्रतिवादीतर्फका वकिलको बहस मंगलबार नै सकिन सक्ने अदालतले जनाएको छ । मङ्गलबार नै थुनछेक बहस सकिएमा बुधबार थुनछेक आदेश आउन सक्ने आकलन गरिएको छ ।

    गत जेठ १० गते रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनामा जाजरकोटका पाँच र रुकुम (पश्चिम) का एकको मृत्यु भएको थियो । उक्त घटनामा संलग्न रहेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले ३४ जना विरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत कसूरमा मुद्दा दर्ता गराएको छ । – रासस

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।