• займ онлайн

    सुशान्त आत्मह’त्या प्रकरणः शंकाको घेरामा सलमान खानदेखि रिया चक्रवर्तीसम्म

    June 22, 2020     6:54 am

    एजेन्सी । अभिनेता सुशान्तसिंह राजपूतको आ’त्मह’त्यासँगै बलिउडमा अनेक शंका–उपशंका सुरु भएको छ ।

    केही कलाकारले राम्रा फिल्ममा अवसर नपाएका कारण सुशान्त आ’त्मह’त्या गर्न बाध्य भएको प्रतिक्रिया दिइरहेका छन् । केहीले यो व्यक्तिगत विषय भएको भन्दै हल्का टिप्पणी नगर्न आग्रह गरेका छन् । यसैबीच रिया चक्रावर्तीविरुद्ध सुशान्त सिंहलाई आ’त्मह’त्या गर्नका लागि बाध्य पारेको आरोपमा शनिबार बिहार अदालतमा दुरु’त्साहन मु’द्दा दर्ता भएको छ । मुजफ्फरपुरवासी कुन्द कुमारले चक्रावर्तीविरुद्ध उजूरी दिएका हुन् । २४ जुनमा यस विषयको सुनुवाई हुनेछ ।

    यसअघि स्थानीय अधिवक्ता सुधिरकुमार ओझाले दुरुत्साहनकै आरोपमा बलिउडका चर्चित सेलिब्रेटीहरु सलमान खान, आदित्य चोपडा, करण जोहार, सञ्जय लिला भन्साली र एकता कपूरविरुद्ध उजूरी गरेका थिए । यी ठूला कलाकारहरुले सुशान्तको करियर डुबाउने र उनलाई नयाँ स्टार बन्नबाट रोक्ने प्रयास गरेको उनको आ’रोप थियो । अधिवक्ता ओझाकाअनुसार सुशान्तलाई ७ वटा फिल्मबाट निकालिएको थियो भने उनका केही फिल्मलाई रिलिज हुनबाट रोकिएको थियो । प्रहरीले यस विषयमा छानविन गरिरहेको छ ।

    १४ जुनमा मुम्बईस्थित आफ्नै निवासमा सुशान्त मृत भेटिएका थिए । रियाविरुद्ध सुशान्तलाई आर्थिक र मानसिक रुपमा शोषण गरेको आरोप लागेको छ । मुम्बई प्रहरीले पनि उनीसँग बयान लिइसकेको छ र प्रहरीले रियासहित १५ व्यक्तिको बयान रेकर्ड गरेको छ । प्रहरीसँगको बयानमा रियाले आफु सुशान्तसँग डेटिङमा रहेको स्वीकार गरेकी छिन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।