• займ онлайн

    सुशान्त सिंह राजपुतलाई डिप्रेसनमा पुर्याउने ७ निर्माताहरु

    June 20, 2020     7:00 pm

    एजेन्सी / रोजी-रोजी, नयाँ-नयाँ नायिकाहरुलाई बलिउडमा भित्र्याउन माहिर सलमान खान निकै चुजी कलाकार हुन् ।

    पछिल्लो समय उनी निर्माता भएसँगै उनलाई ग्रुपिजम गरेको आरोप लागीरहेको छ । आँफुलाई मन परेका कलाकारहरु मात्रै लिन सलमानले सुशान्त सिंह राजपूतलाई त्यति नरुचाएको हालैको एक रिर्पोटले रहस्य खोलेको छ । छोटो समयमा राम्रो सफलता हाँसिल गरेका सुशान्तलाई बलिउडका शीर्ष मानिने ७ निर्माताहरुले आफ्नो चलचित्रमा नखेलाउने भनेर घोषणा नै गरेको रिर्पोट बाहिर आएको र यो कुरा सुशान्तले ६ महिना अघि थाहा पाएको उक्त रिर्पोटमा उल्लेख छ ।

    सुशान्तलाई एक्ल्इाएर असफल बनाउने सूचिमा सलमानसँगै कारण जोहर समेत रहेको बताइन्छ । ७ निर्माताहरु संग सुशान्त सिंह राजपूतको सफलतालाई अघि बढ्न नदिन आफ्नो चलचित्रमा नखेलाउने र अरुलाई समेत सुशान्तसंग काम नगर्न आग्रह गरिरहेको सो रिर्पोटमा उल्लेख छ ।

    सलमान र करणका अलावा आदित्य चोपरा, एकता कपूर, भुषण कुमार, दिनेश भिजन लगायतले सुशान्तसँग गर्ने ब्यबहारका कारण उनी डिप्रेशसनमा गएको भारतीय मिडियाले उल्लेख गरेका छन् । सुशान्तको सफलता देखेर बलिउडमा धेरै जलेका थिए र यसै कारण उनलाई राम्रो ब्यानरमा काम गर्न नदिन खेल खेलिएको भन्दै सो रिर्पोटलाई आधार मानेर भारतीय मिडियामा समाचार प्रकाशित छन् । करण जोहरले सुशान्तसँगको रिसिइभीका कारण उनको चलचित्र ड्राइभ नेट फ्लिक्समा रिलिज गरिदिएपछि सुशान्त थप तनावमा थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।