• सात ठेकेदार कालोसूचीमा, को को परे ? (सूचिसहित)

    April 10, 2019     11:20 am

    चैत २७ ।सरकारले निर्माण व्यवसायमा लापवराही गरेको भन्दै ७ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ती ठेकेदारलाई आगामी ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको छ ।

    कार्यालयले आज एक सूचना प्रकाशित गरी दुग्ध विकास संस्थानसँग आवद्ध रहेको प्रतिष्ठा एक्पोर्ट एम्पोर्ट प्रालिलाइृ ३ वर्ष कालोसूचीमा राखेको छ । यस्तै डिभिजन सडक कार्यालय भरतपुर चितवनसँग सम्वद्ध आरएस निमार्मण सेवा प्रालिलाई ३ वर्ष, हेटौडा सिमेन्ट उद्योगसँग आवद्ध रहेको लवमी जनरल अर्डर सप्लायर्सलाई १ वर्ष कालोसूचीमा राखेको छ ।

    यस्तै कान्ति बाल अस्पतालसँग आवद्ध हिमाल मेडिसर्भलाई १ वर्ष, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयसँग आवद्ध रहेको राना एण्ड पाख्रिन कन्स्ट्रक्सनलाई ३ वर्ष, कृष्ण मञ्जु कन्स्ट्रक्सनलाई ३ वर्ष, कृष्ण चर्तुभुज निर्माण सेवालाई ३ वर्ष कालोसूचीमा राख्ने निर्णय गरिएको छ ।

    यस्तै सशस्त्र प्रहरी बल कार्यालय हल्चोकसँग आवद्ध ग्लोबल विजनेश सप्लायर्स, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय भरतपुर चितवनसँग आवद्ध केएनएस टे«डर्स एण्ड विल्डर्स प्रालिाई ३ वर्ष कालोसूचीमा राखेको छ ।क्लिकमान्डु

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।