• займ онлайн

    असार १० र १२ गते बेलायतबाट नेपालका लागि उडान भर्ने निश्चित

    June 19, 2020     11:24 pm

    लण्डन । कोरोना भाइरसका कारण भएको बन्दाबन्दीले विदेशमा रोकिएका नेपालीमध्ये बेलायतमा बस्नेहरु पनि नेपाल फर्कन पाउने भएका छन् ।

    लण्डनस्थित नेपाली दूतावासका पहलमा गठित सूचना सङ्कलन सहयोग समितिमार्फत बिहीबार दिइएको जानकारीअनुसार यही असार १० र १२ गते नेपालका लागि उडान भर्ने निश्चित भएको छ ।उडान लण्डनको ग्याटविक विमानस्थलबाट जजिरा एरवेजमार्फत दुवै दिन अपराह्न ठीक २ः४५ मा गरिने दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरणले बताए । दुई हप्ताअघि दूतावासले बेलायतबाट नेपाल फर्कन चाहने ४२० जनाको विवरण नेपाल पठाएको थियो ।

    पहिलो चार्टर्ड उडानको क्षमता केवल १५८ जनाको मात्र भएकाले दूतावासले पहिलो चरणमा लैजानेहरूलाई मात्र टिकट लिएर तयारी रहन भनी इमेल गरेको छ । दोस्रो चरणमा जानेहरूले केही दिनपछि मात्र टिकट लिन भनी सूचना पठाइएको दूतावासले बताएको छ ।

    यसरी फर्कने नेपालीलाई तयारी स्वरुप आफ्ना राहदानी तथा पिसिआर वा आरडिटी परीक्षण नेगेटिभ वा कोरोनाको लक्षण नभएको भनी स्वास्थकर्मीबाट प्रमाणित गरेको प्रमाणपत्र हुनुपर्ने भनिएको छ । त्यस्तै टिकटको रकम सम्पूर्ण करसहित ९२० पाउण्ड लाग्ने छ । नेपालबाट टिकट लिनका लागि सम्बन्धित व्यक्तिको सम्पर्क विवरण पनि उल्लेख गरिएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।