• सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने साढे ७३ करोड

    April 9, 2019     8:05 pm

    पोखरा, २६ चैत। सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । मंगलबार सेयर बजार १०.५८ अंकले घटेर नेप्से परिसूचक ११८१.१० बिन्दुमा रोकिएको छ । यो दिन ठूला कम्पनीहरुको कारोबार कापन गर्ने सेन्सेटिभ इन्डेक्स २.१५ अंकले घटेर २५२.८५बिन्दुमा रोकिएको छ ।

    मंगलबार १७० कम्पनीको २७ लाख ८८ हजार ८८६ कित्ता सेयर ७३ करोड ५१ लाख ५९ हजार ९९२ रुपैयाँको सेयर किनबेच भएको छ ।
    यो दिन दश वटा उप समूहको सेयर कारोबार हुँदा सबैमा गिरावट देखिएको छ । बैंकिङ ९.३६,होटल ०.९१, विकास बैंक ३.३५, जलविद्युत ६.८९, निर्जीबन बीमा ८६.५७, उत्पादन तथा प्रशोधन ३६.३२, माइक्रोफाइनान्स १५.११, जीवन बीमा समूह ८३.०२ अंकले घटेको छ ।

    यो दिन कारोबार रकममा आधारमा नेपाल इन्स्योरेन्स कम्पनी अग्रस्थानमा देखिएको छ । इन्स्योरेन्सको ६ करोड ४१ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै दोस्रो र तेस्रोमा कुमारी बैंकको संस्थापक र एनआईसी एसिया बैंक रहेका छन् । यो दिनको कारोबारमा नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक, उन्नती माइक्रोफाइनान्स, सिन्धु विकास बैंकका लगानीकर्ताहरुले कमाएका छन भने जोशी हाईड्रोपावर कम्पनी,घलेम्दी हाईड्रो, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरुले गुमाएका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।