• займ онлайн

    छोरीहरुसँग पुर्व युवराज्ञी हिमानीको टिकटक डान्स, पुर्व युवराज पारसले गरे सेयर

    June 9, 2020     5:31 pm

    विश्वभर युवापुस्ताबीच अत्यधिक लोकप्रिय बनिरहेको एप हो टिकटक । लकडाउनमा त झन् यो एपको प्रयोगकर्ता ह्वात्तै बढेका छन् ।

    यही चिनियाँ एपमा प्रवेश भएको छ, पूर्व यूवराज्ञी हिमानी शाहको । उनले दुई छोरीहरुसँग एउटा गीतमा नृत्य गरिरहेको भिडियो टिकटकमा सार्वजनिक भएको छ ।

    ‘गुराँसको फेदमुनि….’ बोलको गीतमा हिमानीले दुई छोरी पूणिर्का र कृतिकासँग नृत्य गरेकी हुन् । तीनैजना कालो पोशाकमा सजिएका छन् र एउटै वान्कीमा कम्मर मर्काएका छन् । पूणिर्का साहको अकाउन्टबाट अपलोड भएको यो भिडियो केही घन्टामै भाइरल बनेको छ । हिमानीका पति पूर्व युवराज पारस शाहले पनि यो भिडियो ‘मेरो परिवार’ भन्दै लभ रियाक्टसहित फेसबुकमा सेयर गरेका छन् ।

    पूणिर्काले भिडियोको क्याप्सनमा लेखेकी छन्, ‘यो (डान्स स्टेप) हामीले आमाबाट पाएका हौं । हामीसँग साँच्चै गजबकी आमा हुनुहुन्छ ।’ भिडियोमा पूर्व नवयुवराज हृदयन्द्र भने देखिएका छैनन् । यो भिडियोलाई अहिलेसम्म करिब ८ हजारले लाइक गरेका छन् भने करिब ५ सय कमेन्ट आएका छन् । कमेन्टमा सबैले उनीहरुको सुन्दरता र नृत्यको तारिफ गरेका छन् ।

    पूर्व युवराज्ञी हिमानी र उनका तीन छोराछोरी अहिले थाइल्यान्डमा छन् । उच्चशिक्षा अध्ययनका लागि त्यहाँ रहेका छोराछोरीलाई भेट्न गएकी हिमानी लकडाउनका कारण उतै अड्केकी हुन् । त्यहाँ उनी छोराछोरीसँग रमाइरहेको यो टिकटक भिडियोबाट पनि थाहा हुन्छ । हिमानीका पति पूर्व युवराज पारस भने नेपालमा विभिन्न युवतीसँग बरालिएर हिँडिरहेका छन् ।

    नेपालका टिकटक प्रयोगकर्ताहरुबीच पूर्वराजपरिवारको निकै ठूलो क्रेज छ । पूर्वयूवराज पारस साहका थुप्रै भिडियो टिकटकमा भेटिन्छन्, जुन अरु व्यक्तिहरुले हालिदिएका हुन्छन् । पारसका भिडियोले लाखौं लाइक्स पाएका छन् । उनको भिडियोमा आउने कमेन्टहरुमा भने गाली र ताली दुवै मिश्रति हुन्छन् ।

    टिकटकमा सबैभन्दा बढि क्रेज चाहिँ पूर्व नवयूवराज हृदयन्द्रको छ । खासगरी टिनएजर केटीहरुले उनीप्रति आशक्त छन् । उनीहरुले हृदयन्द्रलाई ‘नेसनल क्रस’ को संज्ञा दिने गरेका छन् । हृदयन्द्रको आफ्नै टिकटक एकाउन्ट भने छैन । उनी निकटका व्यक्तिहरुले उनको भिडियो बनाएर टिकटकमा अपलोड गर्छन् ।

    पूणिर्काले चाहिँ केही दिनअघि आफ्नै टिकटक अकाउन्ट बनाएकी हुन् । उनको अकाउन्टबाट ६ वटा भिडियो पोष्ट भएका छन् । उनका फलोअर्स १२ हजार ८ सय पुगेका छन् भने कुल २१ हजार ४ सय लाइक्स प्राप्त गरेकी छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।