• गाडी दुर्घटनाका विषयमा पीडितले न्याय नपाएको जनाउँदै आगजनी

    June 9, 2020     4:02 pm

    बर्दिया । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ६ मानपुर टपरास्थित न्यू वर्षा सप्लायर्समा आगजनी भएको छ ।

    गाडी दुर्घटनाका विषयमा पीडितले न्याय नपाएको जनाउँदै आगजनी गरिएको स्थानीयवासीले बताएका छन् । गत वैशाखमा राजापुर–१० मा भएको गाडी दुर्घटनाका विषयलाई लिएर स्थानीयवासीले पसलका सामान बाहिर निकाली सप्लायर्समा आगजनी गरेको राजापुर –६ का वडाध्यक्ष महेश चौधरीले बताए ।

    स्थानीय प्रहरी प्रशासनले पीडितलाई सहमतिमा नल्याएर एकलौटी निर्णय गर्दै गाडी चालक वर्षा सप्लायर्सका प्रोप्राइटर हिमाल गौतमलाई धरौटीमा २२ दिनमा छाडिएका कारण आगजनी गरिएको स्थानीयवासीले बताएका छन् ।

    तोडफोडमा करीब रु ८७ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ । गत वैशाख ३० गते भे १ च ३४३१ नम्बरको जीप र से ५ च ४३३२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक राजापुर ६ महादेउलीका ३८ वर्षीय सोमनाथ थारुको उपचारका क्रममा गुलरियामा ज्यान गएको थियो ।- रासस

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।