पोखरा २६ चैत । महिला सीप विकास संस्थाको आयोजनामा तीन महिने हाते तान बुनाई र २० डोरी बाटने तालिम दिएको छ । तालिममा ९७ जना महिला सहभागी भएको सीप विकास संस्थाका कार्यकारी निर्देशक रामकली खड्काले जानकारी दिइन् । तालिमको मंगलबार समापन गदै सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।महिलाहरुलाई तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको उनले जानकारी दिइन् ।
तालिम समापन कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले तालिमलाई व्यवहारमा कार्यान्वयन गदै व्यवसायीक बन्न आग्रह गरिन् । उनले भनिन,‘सिकेको सीपलाई सदुपयोग गदै आर्यआर्जन गर्नसके मात्रै तालिमको सार्थकता हुन्छ ।’ महिलालाई आर्थिक रुपमा अरुको भर पर्नुपर्ने अवस्था रहेको बताउदै सीप सिकेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो । घर परिवारसंग पैशाका लागि हात थाप्ने हैन, आफै आत्मनिर्भर हुनुपर्छ उनले भनिन ।
उनले महागनगरले विगतमा तालिमका लागि थुप्रै लगानी गरेको भएपनि प्रतिफल प्राप्त गर्न नसकेका कारण महिलालाई आर्यजनका लागि ऋण लगानी गर्ने योजना अनुसार उपप्रमुखसंग महिला कार्यक्रम ल्याएको बताइन् । उनले सीप विकास संस्थाले महिलालाई तालिम दिएर स्वरोजगार बनाउदै आएको बताउदै आफनो र संस्थाको उद्देश्य एउटै भएकाले सहकार्य गरेर अगाडी बढने बताइन् ।
वडा नम्वर २७ का अध्यक्ष पूर्णकुमार गुरुङले महिलाहरुले सिकेको सीपलाई व्यवहारमा उर्तानुपर्नेमा जोड दिए । पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष जीतबहादुर गुरुङले सीप विकास संस्थाले धेरै राम्रो काम गरेको बताउदै स्थानीय सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । सीप विकास संस्थाका अध्यक्ष बन्दीकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सचिव तारा गवुर्जाले पनि बोलेकी थिइन् ।
महिला सीप विकास संस्थामा ६ हजार महिला आवद्ध रहेका छन् ।संस्थाले महिलालाई तालिम दिने र त्यही नै स्वरोजगार दिदै आएको छ । संस्थाले उप्पादन गर्ने ७५ प्रतिशत हस्तकलाका सामाग्री विदेश निर्यात हुने र २५ प्रतिशत मात्रै स्वदेशी बजारमा विक्री हुने संस्थाका कार्यकारी निर्देशक रामकली खड्काले जानकरी दिइन् । यसैवीच कार्यक्रममा संस्थाले प्रकाशन गरेको नयाँ वर्ष २०७६ सालको क्यालेण्डर सार्वजनीक समेत गरिएको थियो । उपप्रमुख गुरुङले क्यालेण्डर सार्वजनीक गरेकी थिइन् ।