• займ онлайн

    नेता प्रति ब्यङ्गय गर्दै डि-मर्चाको ‘नेता ज्यू नमस्कार’

    June 8, 2020     9:16 am

    पोखरा । डि-मर्चाको नयाँ गीत ‘नेता ज्यू नमस्कार’ शुक्रबार सार्वजनिक भएको छ । गीतमा ¥याप शैलीमा नेता प्रति असन्तुष्टि पोखिएको छ ।

    नेताले भाषण गर्ने तर बोलेका कुरा कार्यान्वन नगर्ने कार्यप्रति असन्तुष्टि जनाउदै अब देश युवा पुस्ताको जिम्मामा छोड्नुपर्ने सन्देश गीतमा छ । ‘युवा बिचार अनि नयाँ सोच अबको खाँचो हो, जुन सरकार आएपनि उस्तै कुरा दोहोरियो, अब युवालाई काम गर्ने अवसर दिनुपर्छ भन्ने कुरा गीतमा छ’ डि-मर्चा व्याण्डका मुख्य भोकलिष्ट भाष्करध्वज श्रेष्ठले भने ।देशमा बलात्कारका घटना नरोकिएको, सिमा मिचिएको, युवाशक्ति विदेश पलायन भएको लगायतका विभिन्न समस्या देशमा भएपनि नेताको काम नगरी गफ मात्रै ठुला दिने प्रवृत्ति प्रति व्यंग्यात्मक प्रहार गरिएको छ ।

    विभिन्न ‘आउटक्लिप्स’ले भिडियोलाई राम्रो बनाएको श्रेष्ठले बताए ।प्रतिक अधिकारीको रचना रहेको गीतलाई डि–मर्चाले भोकल, संगीत र डिजाइन दिँदै आर्कषक बनाएको छ । द मुग्लान र हिमास एजुकेशनल कन्सल्टेन्सीको प्रस्तुतीमा रिलिज भएको भिडियोलाई एसटु प्रोडक्सन र गल्लीगल्ली डट कमको सहकार्यमा निर्माण गरिएको हो । भिडियोलाई आर्कषक बनाउन छाँयाकन, सम्पादन, कलरिङ तथा निर्देशनमा सुरज श्रेष्ठले निकै मेहनत गरेका छन् ।

    छाँयाकनमा उनलाई बिबेक ठकुरी, सौरव थापा, अमित लवजु तथा बिकास ताम्राकारले बिशेष सहयोग गरेका छन । गीतको शब्द चर्चित र्यापर प्रतिक अधिकारी र डिमर्चा ब्याण्डले संयुक्त रुपमा लेखेका हुन भने संगीत ब्याण्डकै रहेको छ । गीतलाई एसटु प्रोडक्सनको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो । यस अगाडि डि– मर्चाको ‘कैलाशैमा’ गीत पनि एसटु प्रोडक्सन मार्फत नै सार्वजनिक गरिएको थियो । जसलाई दर्शकले निकै रुचाएका थिए ।

    यसपालीको गीत र भिडियो दशर्कले मन पराउनेमा निर्माण टिम र डि-मर्चा व्याण्ड विश्वस्त छन् ।केहि समय अगाडि नै तयार भएको गीत अहिलेको देशको परिवेशसँग सुहाउने देखिएकोले यो समयनै उत्तम हुने सोचेर रिलिज गरिएको मुख्य भोकलिष्ट श्रेष्ठले बताए । केहि दिन अगाडी मात्रै डिमर्चाले ‘रोगले भन्दा भोकले मरिएला कि कसो साथी’ शीर्षक गीतको म्युजिक भिडियो सार्वजनिक गरेको थियो । जुन गीतलाई पनि दर्शकले मन पराएका छन् । अब छिट्टै नै अर्को नयाँ गीत समेत सार्वजनिक गर्ने तयारीमा डि मर्चा जुटेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।