२४ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३२ सय पुगेको छ ।
यस अघि कास्कीमा ३ जना कोरोना संक्रमित पुष्टी भएको छ । पोखरामा १ जना ५९ वर्षिय पुरुष र रुपा गाउँपालिकामा २ जना २३ र ३२ वर्षिय पुरुष गरि ३ जनामा कोरोना पुष्टी भएको हो ।
यसैगरि स्याङ्गजाको वालिङ्ग नगरपालिका र हरिनास गाउँपालिकामा गरि १० जनामा कोरोना पुष्टी भएको छ । वालिङ्गमा ८ जना पुरुष र हरिनास गाउँपालिकामा २ गरि १० जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यसैगरि बाग्लुङ्गको ताराखोला गाउँपालिकामा १ जना ३९ वर्षि पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । नवलपरासी बर्दघाट सुस्ता पुर्व विनय त्रिवेणी गाउँपालिकामा ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।