• कोरोना भाइरस संक्रमणमा भारत इटली भन्दा अगाडी, दिनमा झण्डै दश हजार संक्रमित

    June 6, 2020     4:48 pm

    नयाँदिल्ली / विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणमा भारतले इटलीलाई पनि जितेको छ ।

    विश्वमै धेरै संक्रमित भएका देशहरुको सूचीमा छैटौ अग्रपंक्तिमा रहेको इटलीलाई उछिनेर अहिले भारत छैटौ अग्रपंक्तिमा पुगेको हो । भारतमा अहिले कुल संक्रमितको संख्या २ लाख ३६ हजार ६५७ पुगेको अधिकारीहरुले जनाएका छन् । इटलीमा भने अहिलेसम्म दुई लाख ३४ हजार ५३१ जना कोरोना भाइरस संक्रमित रहेका छन् ।

    कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या भने भारतमाभन्दा इटलीमा अत्यधिक धेरै रहेको छ । भारतमा अहिलेसम्म ६ हजार ६४२ को मृत्यु भएको छ भने इटलीमा ३३ हजार ७७४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । भारतका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ८८७ जना संक्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा २९४ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ ।

    भारतमा संक्रमित भएका मध्ये १ लाख १४ हजार ७३ जना संक्रणमुक्त भएर अस्पतालबाट घर फर्किएका छन् । देशभरी संक्रमित मध्ये सवैभन्दा धेरै महाराष्ट्रमा राज्यमा रहेको छ । त्यहाँ कुल ८० हजार २२९ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । ती मध्ये ४२ हजार २२४ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् । दोस्रो स्थानमा रहेको तमिलनाडू राज्यमा कुल २८ हजार ६९४ जना संक्रमित भएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।