• पृथ्वी होटल व्यवसायी समितिको अपिल

    June 6, 2020     4:31 pm

    पोखरा, २३ जेठ / पृथ्वी होटल व्यवसायी समिति पोखराले लकडाउनको समयमा घरभाडा नमाग्न अपिल गरेको छ । समितिका अध्यक्ष हरिप्रसाद पाण्डेले शुक्रबार विज्ञप्ती जारी गर्दै कोरोना नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनका कारण बन्द अवस्थामा रहेका होटल व्यवसायीहरुलाई घरभाडा नमाग्न अपिल गरेका हुन् ।

    समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘विषम परिस्थितिलाई बुझेर एकाध बाहेक अधिकांश घरधनीले घरभाडा नमागेकोप्रति धन्यवादसहित आभार व्यक्त गर्दछौं, र आगामी दिनमापनि लकडाउनभरी र त्यसपछि पनि व्यवसाय सहज सञ्चालन नहुञ्जेलसम्म घरभाडा नमाग्न घरधनी ज्यूहरुलाई हार्दिक अपिल गर्दछौं ।’

    घरभाडा तिर्नु व्यवसायीको कर्तव्य हो,विज्ञप्तीमा भनिएको छ,‘तर चैत महिनाको शुरुदेखि नै होटल व्यवसायहरु सञ्चालन भएका छैनन्, यस्तो परिस्थितिमा व्यवसायीले घरको भाडा, बिजुलीको महसुल, पानीको महसुल आदि तिर्नसक्ने अवस्था छैन ।’

    लकडाउन अवधीसम्मको घरभाडा पूर्ण रुपमा छुट दिन आग्रह गर्दै समितिले विगतदेखि नै घरधनी र व्यवसायीबीच नङ र मासुको सम्बन्ध रहँदै आएको र यस विषम परिस्थितिमा पनि उक्त सम्बन्ध कायम रहने विश्वास व्यक्त गरेको छ ।

    साथै उसले कोरोनाबाट बचेर जीवन रक्षा गर्नु नै अहिलेको मुख्य कुरा भएकाले सामाजिक दुरी कायम गर्न, मास्कको प्रयोग गर्न, बारम्बार साबुन पानीले हात धुन र आवश्यक्ता अनुसार सेनिटाइजरको प्रयोग गर्न सर्वसाधारण सबैमा अपिल गरेको छ । समितिमा पोखराका २५० भन्दा बढी होटलहरु आबद्ध छन् ।- गन्थन

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।