• पाेखराका एकजना व्यक्तिमा काेराेना संक्रमण पुष्टी

    June 5, 2020     11:12 pm

    पोखरा, २३ जेठ/ पाेखराका एकजना व्यक्तिमा काेराेना संक्रमण पुष्टी भएकाे छ । उनको काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भई रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस व्रिफिङमा कास्की स्थायी ठेगाना भएको जानकारी दिएका थिए ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका लागि पुगेका कास्कीका ६० वर्षीय पुरुष रहेको जानकारी दिएको छ ।

    पोखराका विरामी र उनका आफन्तले तोकिएका सरकारी अस्पतालमा जान नमानेपछि उनलाई सबै सुरक्षा सहित आइसोलेसनमा राखेर उपचार थालिएको ह्याम्स हस्पताल स्रोतले जानकारी दिएको छ । शुक्रबार काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका ६० वर्षे पुरुष पोखराका दुई अस्पतालमा उपचार पछि काठमाडौं गएको खुलेको छ ।

    तीन दिन अघि पोखराबाट काठमाडौं हेलिकप्टरबाट उपचारका लागि लगिएको खुलेको हो । काठमाण्डौको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत उनमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो हो । पोखरा ८ आलुमाइलाचाेकमा बस्दै आएका उनी मंगलबार बेहोस अवस्थामा भेटिए पछि पोखराको मेट्रो सिटि अस्पतालमा उपचारका लागि पु¥याएका थिए । मेट्रो सिटि अस्पतालमा चेकजाँच गरेपछि अस्पतालले गण्डकी मेडिकल कलेजमा रिफर गरेको थियो ।

    उनका आफ्न्त काठमाडौंमा भएका पछि उनलाई हेलिकप्टर मार्फत काठमाडौं लगिएको थियो । उनलाई काठमाडौंमा लगरे स्वाब परीक्षण गर्दा पोजेटिभ देखी पछि पोखरामा पनि उनी सगँ भेट भएकाहरुको कन्ट्याक्ट ट्रेसिङ शुरु भएको छ ।

    उनी बिरामी अवस्थामा भेटिएदेखि काठमाडौं पु¥याउने बेलासम्म धेरै जनाको सम्पर्कमा आएका थिए । अहिलेसम्म कोरोना संक्रमित नभेटिएको कास्कीमा यो घटनाले कास्कीमा खतराको घन्टी बजेको छ ।

    उनको काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भई रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस व्रिफिङमा जानकारी दिएका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।