• कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु,२ सय ७६ जनामा संक्रमण पुष्टि

    June 5, 2020     5:56 pm

    २३ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण थप एक जनाको मृत्यु भएको छ भने दुई सय ७६ जनामा संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुर्खेत पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीयको कोरोना संक्रमणबाट मृत्यु भएको हो । जेठ ७ गते भारतबाट आएका उनी विद्यापुरको जनता माविको क्वारेन्टिनमा १४ दिन बसेपछि आरडीटी टेस्ट गरेर घर गएका थिए । घर गएकै राति उनको निधन भएको थियो । सुर्खेतमा पीसीआर विधिबाट गरिएको परीक्षणले उनमा कोरोना संक्रमण देखाएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको मन्त्रालयले जनाएको छ ।

    दैलेखमा ९२ संक्रमित थपिए : पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये ९१ जना दैलेखका छन् । थपिएका संक्रमितमध्ये ६४ जना महाबु गाउँपालिका र २७ जनामा दुल्लु नगरपालिकाको क्वारेन्टिनमा छन् ।

    यस्तै, जुम्लाको चन्दननाथ नगरपालिकामा तीन जना र जाजरकोटको भेरी नगरपालिका–१० का एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुम्लामा कार्यरत हुम्ला, दोलखा, रामेछाप र गोरखाका एक/एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतमा दुई संक्रमित थपिएका छन् । पञ्चपुरी गाउँपालिका–१ का १८ वर्षीय र सिम्टाका २४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यसैगरी कपिलवस्तुमा ४४ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरू सबै यशोधराका हुन् । संक्रमित हुनेमा ८ महिने बालक समेत छन् । रुपन्देही, सैनामैनाका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये एक ४८ महिला हुन् भने ११ जना १८ देखि ५० वर्षका पुरुष हुन् ।नवलपरासीका २१ र ३२ वर्षीय पुरुष, अर्घाखाँची सितागंगाका ३६ वर्षीय पुरुष र पाल्पाका ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

    ह्याम्सका दुई बिरामीमा संक्रमण : काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत दुई बिरामीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । गुल्मी चन्द्रकोटका ७६ वर्षीय पुरुष र कास्कीका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

    यस्तै, रामेछापमा १७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरू १७ देखि ४९ वर्षका छन् । यस्तै, काभ्रेमा ५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये तीन जना रोशी गाउँपालिकाका हुन् भने पनौती नगरपालिकामा एक र पाँचखाल नगरपालिकामा एक जना छन् । सिन्धुलीको तीनपाटन र कमलामाईका एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    सुनसरीका २१ जनामा संक्रमण पुष्टि भएको छ । झापामा १२ जना संक्रमित थपिएका छन् । उनीहरूमध्ये १० जना कचनकवल गाउँपालिकाका १० देखि २८ वर्षका पुरुष हुन् भने गौरादहका २० वर्षीय र गौरीगञ्जका ३५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, मोरङ रतुवामाईका ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरू १५ देखि ३० वर्षका छन् । भोजपुरमा पाँच जना संक्रमित थपिएका छन् । षडानन्द गाउँपालिकाका उनीहरू १७ देखि ३२ वर्षका छन् ।

    महोत्तरी जलेश्वरमा १७ जना संक्रमित भेटिएका छन् । उनीहरू १४ देखि ४५ वर्षका छन् । रौतहटको गुजरा क्वारेन्टिनमा रहेका ६ जनामा पनि संक्रमण पुष्टि भएको छ । धनुषा देवपुराका ४ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ । उनीहरू २० र २१ वर्षका छन् । बारा बारागढी गाउँपालिकाका २६ र २७ वर्षीय पुरुष र विश्रामपुरका २० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    तनहुँ रिसिङका ३९ र ४० वर्षका दुई पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । डडेलधुरा गन्यापधुराका ५ जना, कैलालीको धनगढीका ४ जना, अछाम साँफेबगरका २९ वर्षीय र बझाङ देउलेखका २६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । -अनलाइनखबर

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।