• काठमाडौंमा पसल खोल्न स्थानीय प्रशासनले अवरोध नगर्ने

    June 4, 2020     5:26 pm

    २२ जेठ, काठमाडौं । काठमाडौंमा पसल खोल्न स्थानीय प्रशासनले अवरोध नगर्ने भएको छ ।

    बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र व्यापारीबीचको छलफलमा पसल बन्द गर्न दबाब नदिने सहमति भएको साना उद्योगी तथा व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए ।

    ‘हामीले एकतर्फी निर्णय गरेर बजार खुलाएपछि सीडीयो सापले छलफल डाक्नु भएको थियो, एकदमै छोटो मिठो छलफल भयो’ अनलाइनखबरसँगको कुराकानीमा अध्यक्ष कटुवालले भने, ‘सीडीयो सापले हामीलाई तपाईहरुको कुरामा हाम्रो केहि विमति छैन, तपाईहरुको समस्या हामी जस्ताको तस्तै उच्च स्तरीय समितिमा सिफारिस गर्नेछौं भन्नु भएको छ ।’

    यस अघि लकडाउनकै विषयलाई लिएर उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको थियो । बैठकले लकडाउन उल्लंघनबारे कोभिड–१९–सम्बन्धी उच्चस्तरीय समितिमा जानकारी गराउने निर्णय गरेको छ । यो समस्याबारे उच्चस्तरीय समिति र सीसीएमसीलाई जानकारी गराउने निर्णय भएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।उनका अनुसार जानकारी पठाउने जिम्मा काठमाडौंका सीडीयोलाई दिइएको छ । रासस

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।