• विप्लवद्वारा वैशाख ५ गते नेपाल बन्द

    April 8, 2019     9:57 pm

    पोखरा २५ चैत । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वैशाख ५ गते नेपाल बन्दको आह्वान गरेको छ । सोमबार पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै नेपाल बन्दसहितका संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् ।

    महासचिव विप्लवले जारी गरेको प्रेस विज्ञप्तिको सुरुमै प्रधानमन्त्री ओलीलाई नेपाली जन क्रान्ति र राष्ट्रिय राजनीतिमा ‘एउटा मजाक’को प्रतिनिधि भनिएर उल्लेख गरिएको छ ।

    ओली र पिके दाहालले नेतृत्व गरेको कथित नेकपा (नेकपा)को ओली सरकारले नेपाली स्वाभिमानी एवं श्रमजीवी जनताको प्रतिनिधि नेपाल कम्युनिष्ट पार्टी र यसका राजनैतिक एवं जनसेवाका कार्यक्रममाथि गत फागुन २८ गते राती अंकुश लगाउने काम भएको विज्ञप्तिमा जनाइएको छ ।

    विज्ञप्तिमा भनिएको छ – ‘ओली सरकारले फरमान जारी ग¥यो कि ३५ दिनको हदम्यादभित्र आत्मसमर्पण गर नत्र ७७ वटै जिल्लामा ४ वटै सुरक्षा निकायको परिचालनमा अप्रेशन चलाएर नियन्त्रयण गरिनेछ । त्यसका निम्ति सुरक्षा निकायलाई नेपाल कम्युनिष्ट पार्टीका नेता र कार्यकर्तालाई गोली हान्ने आदेश समेत दिइसकिएको छ । जसको परिणाम कपिलवस्तु शिवपुर निवासी दुर्गा बहादुर रोकाको राती ३ बजे घर घेराहाली घरबाट लखेटेर गिरप्तार गरेपछि चनद्रोटा ईलाका प्रहरी कार्यालयको शौचालयमा लगेर पछाडिबाट गोली हानी घाइते बनाईयो ।’

    ‘त्यसमा पिके दाहाल पनि सति गएका छन । यो गिरोह दलाल पूँजीपति वर्गको स्वार्थ र साम्राज्यवादी मालिकको सेवाका निम्ति विगतको जनयुद्ध र जनआन्दोलनका उपलब्धीहरुलाई निमिट्यान्न पार्ने, राष्ट्रघात, जनघात, भ्रष्टचार, कमिशन, मानव बेचविखन, हत्या, आतंक, बलात्कारलाई लोकतान्त्रिक गणतन्त्र र संविधान कार्यन्वयनको जामा पहिराउने धृष्टता गरिराखेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

    ओली सरकारको प्रतिबन्धलाई महासचिव विप्लवले नेपाल कम्युनिष्ट पार्टी र नेपाली जनताका क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापका विरुद्धको पागलपूर्ण राजनैतिक वकवास फाँसीवादी फौजी दमन र अफवाहपूर्ण प्रचारबाजी भनेका छन् ।

    कार्यक्रम
    १. चैत्र २६ — २९ सम्म — प्रतिवन्ध विरुद्ध पर्चा वितरण र भण्डाफोर ।
    २. वैशाख २ गते — कोण सभा ।
    ३. वैशाख ३ गते — अन्तरक्रिया ।
    ४. वैशाख ४ गते — मशाल जुलुस ।
    ५. वैशाख ५ गते — नेपाल बन्द ।
    ६. वैशाख ६ गतेबाट केपी ओली सहभागी हुने देशका विभिन्न भागका कार्यक्रमहरुमा बन्दको आयोजना गरी सामाजिक दलालहरुलाई प्रतिबन्धित गर्ने ।रातोपाटी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।