• डायमण्डमा २ दिने सकारात्मक विद्यालय संस्कार तालिम सम्पन्न

    April 8, 2019     9:07 pm

    पोखरा २५ चैत ।

    डायमण्ड मा.वि. तालचोकमा दुई दिने सकारात्मक विद्यालय संस्कार तालिम सम्पन्न भएको छ । प्रशिक्षक क्ष्लकतष्तगतभ ायच एयकष्तष्खष्तथ बलम ज्गmबल म्भखभयिऊभलत का सस्थापक तथा निर्देशक विश्व युधिर पौडेल घर्ति ले प्रशिक्षण दिएको उक्त कार्यक्रममा विद्यालका सबै तहमा अध्यापनरत शिक्षक शिक्षिकाहरु सहभागी रहेका थिए ।

    दुइ दिन सम्म संचालन भएको तालिममा सहभागि शिक्षक शिक्षिकाकाले तालिम फलदाई रहेको र तालिममा सिकेको कुरा आगामि दिनमा आफुहरुले लागु गराएर उत्कृष्ट नतिजा ल्याउन महत्व पूर्ण भूमिका निर्वाह गर्ने जनाएका थिए ।

    दुइ दिन सम्म संचालन भएको तालिममा विद्यालयमा शिक्षक शिक्षिकाको भूमिका कस्तो हुनुपर्छ ? विद्यार्थीसँग कस्तो व्यवहार गर्नुपर्छ ? वालमैत्री शिक्षण कसरी गर्न सकिन्छ ? भन्ने लगायतका विषयमा प्रशिक्षण केन्द्रित रहेको बताईएको छ ।

    तालिममा संस्थापक निर्देशक माधवशरण उपाध्यायले सिकाई निरन्तर चलिरहने र सिकेको कुरा लाई व्यबहारमा लागु गर्न सकेको खण्डमा परिणाम मुखि हुन सक्ने धारणा राख्यको बताईएको छ ।

    विद्यालयका प्राचार्य याम वा. रोकाले दुई दिन सम्मको तालिमले शिक्षक शिक्षिकामा समय अनुसारको परिर्वतन र समय अनुकुलको आफुमा अपडेट रहेर कक्षा कोठामा जानसकेको खण्डमा विद्यार्थीको रुचिमा अभिवृद्धि र राम्रो प्ररिणाम निकालन सकिने बताएका थिए ।

    यस्ता खालका तालिम विद्यालय प्रशाानले गराउने विद्यालयका व्यवस्थापक हरि लामिछानेले बताएका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।