• शेयर बजारमा ९.३२ अंक वृद्धि, कारोबार रकम ६६.७३ प्रतिशत बढ्यो

    April 8, 2019     8:06 pm

    पोखरा २५ चैत । सोमवार नेप्से परिसूचक ९ दशमलव ३२ अंकले बढेको छ । निरन्तर ३ दिन बढेको परिसूचकसँगै कारोबार रकममा ६६ दशमलव ७३ प्रतिशतको वृद्धि भएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमास अन्त्य हुँदै गर्दा नेप्से परिसूचकमा सुधार देखिन थालेको छ । दिनभरी उतार चढावमा रहेको शेयर बजार अन्त्यमा १ हजार १ सय ९१ दशमलव ६८ विन्दुमा पुगेर बन्द भएको छ ।

    यस दिन होटल र ‘अन्य’ समूह बाहेक कारोबारमा आएका सबै समूहको परिसूचक बढेपछि समग्र शेयर बजार उकालो लागेको हो । निर्जीवन बीमा, लघुवित्त र जीवन बीमा समूहको परिसूचक २ भन्दा बढि प्रतिशतले बढेको छ ।

    सोमवारको कारोबार
    सोमवार रू. ९० करोड ६९ लाख बराबरको शेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा यसदिन यो रकम रू. ३६ करोड २९ लाख बढेको हो । यस दिन सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ८० प्रतिशत बढेर २ सय ५५ विन्दुमा पुगेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।