• वि’भेदको श्रृंखला र यसको चुनौतीहरु

    May 27, 2020     2:26 pm

    बोम्जन गुरुङ, दक्षिण कोरिया ।

    बोम्जन गुरुङ। नदेखेको विश्वकर्मालाई भगवान् मानेर पुजा गर्छौं । देखेको विश्वकर्मालाई अछुत भनि हेला गर्छौ ।विश्वकर्माको जवानी र श्रम चल्छ तर पानी चल्दैन । यस्तै छ हाम्रो समाज र हामी अनेकौं नाटक गर्छौं ।

    जातीयता र यसको विभेद अन्त्यको लागी ठूला ठूला ब्यानर र चर्को आवाज सहितको र्याली निकालिए पनि आखिर सबै देखावटी हो । २२ औं शताब्दीको करिब संघारमा आईपुग्दा पनि शब्द र बोलीमा जस्तै व्यहारत: लागु हुन नसक्नु ठूलो चुनौती र बिडम्बनाको रुपमा देखिएको छ । जातीय वि’भेदको नाममा वि’भेद अन्त्यको निमित्त रटान मात्रै पनि ठूलो उपहास साबित भएको छ । एकातिर समाज यतिसम्म क्रू’र र अ’न्धो बन्नुको कारण देशको कानुन फितलो हुनु हो । पैसा, पावर र पदको आडमा कानुनको किनबेच हुन्छ यहाँ । दलितलाई मुठ्ठी भरको माखा समान मान्ने आजको समाजका आम मानिस नबुझेर होईन बुझेरै यस्तो निन्दनीय हर्कत गरिरहेका छन् ।

    लाग्छ, दलित भन्ने शब्द नेपाली व्यवहार र प्रचलनबाटै हटाउनुपर्यो यसले व्यक्ति वा समाजको मानसिकतामा प्रभाव पारेको देखियो । आफ्नो कूल खानदानको थर लुकाएर अन्य थरबाट चिनिन खोज्नु पनि झनै कायरता हो । यसरी जातीय उत्थान चैं हुदैन जस्तो लाग्छ । आफ्नो वास्तविक थर तोडमोड गरेर फेसबुकमा आदर्श छाँट्ने मात्र होइन, पी’डितको दुःख आत्मैबाट अन्दाज गरी वास्तविक धरातलमा उभिएर बाघ झैँ गर्जिनुपर्यो । पढेलेखेका बुद्धिजीवी नै आफ्नो वास्तविक थर लुकाएर प्रस्तुत हुन्छन् अनि शासकवर्ग भनिएकाहरुलाई झनै शो’षण गर्न आत्मबल मिल्छ । विभिन्न क्षेत्रसँग सम्बन्धित नामी व्यक्तित्व र फेसबुके नेतासम्म रहरले होस् या कहरले आफ्नो थर लुकाएर आदर्श छाँट्नु कुनै दृष्टिकोणले शोभनीय र वाञ्छनीय छैन ।

    शोषित भनिएका मध्येबाट पनि अति सम्पन्न वर्गलाई विभेदको बारेमा वकालत गर्न वास्ता नै छैन वा आवश्यक छैन । मध्यम वर्गलाई फुर्सद छैन र निम्न वर्गले आवाज उठाउने साहस गर्न सक्दैनन् । पढेलेखेका, शिक्षित र विद्धानहरुले जबसम्म आफ्नो जाती थि’चोमिचो परेको, अ’न्यायमा परेको बेला शानसँग आफ्नो वास्तविक थर देखाएर जातीय अधिकार र न्याय प्राप्तिका निम्ति नेतृत्व लिन सक्दैनन् वा तयार हुँदैनन् तबसम्म समस्या ज्यूँका त्यूँ हो, न जातीय मु’द्धाले कहिल्यै निकास पाउँछ न पूर्णता नै । यो लेखेर राख्दा हुन्छ ।

    जातीय समानताको बारेमा जति बिगुल फुकिएपनि ती सदियौं देखिको परम्परा एकैपटक जादुगर शैलीमा छु-मन्तर त हुने कुरै होइन तर शोषित भनिएका वर्ग वा जातीबाटै आवाज बुलन्द पार्नुपर्छ अरुले त होस्टेमा हैंसे गर्ने मात्र हो । आफ्नो अधिकार सुनिश्चितताका लागी आफैं जुर्मुराउने हो । पाइलाहरु आफैं चाल्ने हो । परिवर्तन सम्भव छ, समाज रुपान्तरण गर्न ढिलो होला तर सकिन्छ किनकि हिजोका दिनमा अमेरिका लगायत युरोपियन देशमा काला गोरा विचको मत’भेद थियो, छाला गोरा हुनेले छाला काला हुनेलाई चरम हेला, या’तना र अन्याय थियो र अझै पनि विभेद आंशिक रुपमा पाइन्छ । परिवर्तन हुनुको कारण आम नागरिकको चेतना र जातीय वि’भेद हिं’सा विरु’द्ध राज्यको कुशल संयन्त्र हो भन्नेमा सायद दुइमत नहोला । हामी चाहन्छौं समाजका हरेक गतिविधिले वि’खण्डन होईन जोड्ने सौहार्दपूर्ण वातावरण बनोस् । आउनुस् प्रण गरौं, प्रतिज्ञा गरौं, ऐक्यबद्धता जनाऔं । यो पनि ख्याल गरौं कि आफ्नो अधिकार प्राप्तिमा बलमिचाई गर्दा अरुको अधिकार हनन् नहोस् ।

    यही समाज हो जहाँ सिप चल्छ, श्रम चल्छ, रगत चल्छ, जवानी चल्छ तर पानी चल्दैन । जुन गाउँमा नर्सले स्वास्थ्य सेवा दिन्छिन् त्यही गाउँमा उनले कोठा पाउँदिनन् । नेपाली समाजको सोच कहिले परिवर्तन हुने हो ? दलित भएकै कारण आयुष परियार दुई वर्षमा चार डेराबाट निकालिए । यी त सामान्य प्रतिनिधि पात्रहरु हुन् । दलितहरु हिजो पँधेरीमा अरुको पानी छोईदिदा समाज वहिष्कार हुनुपर्ने, दुर्गामाताको मन्दिर पस्न खोज्दा गाउँ निकालामा पर्ने, स्कुलको कक्षामा झुक्किएर बिष्टका छोराको रोटी छूदाँ कपाल चारपाटा मुडिनुपर्ने, बिहे घरमा मलखातमा बसेर खान नमान्दा आफ्नै मुखभरी कालोमोसो दल्न बाध्य हुनु पर्ने र फेरी कसैलाई चोखो प्रेम गर्दा ज्यानै आ’हुति दिनु पर्ने आखिर कहिलेसम्म चलिरहन्छ यो वि’भेदको नियति ?

    कोरोनाको यो विषम कहरमा एक अर्कामा मानवता राखेर सहयोग गर्नुपर्ने बेलामा कोही भ्र’ष्टचार गरेर अकुट सम्पति जम्मा पार्ने दाउ हेरेर बसेका छन् । दैनिक मजदुरी गरेर हातमुख जोड्न समेत नपाई भोकैले मृ’त्यु अँगाल्नुपर्ने अवस्था सिर्जना भईसक्यो । गरीब, निमुखा, दलित र अ’साह्यहरुको निमित्त खै राहत ? खै लोकतन्त्र अनि गणतन्त्र ? खै शान्ति अनि अमनचयनको प्रत्याभूति ? यी सबै प्रश्नहरु अनुत्तरित छन् जुन हाम्रो विशाल ठूलो पर्खाल बनेर उभिदिएको छ ।

    संविधानमा – ‘वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गर्ने र यस्तै जातीय तथा अन्य सामाजिक छु’वाछुत र भेद’भाव (क’सुर र स’जाय ऐन २०६८) ले सम्बन्धित अ’पराधको परिभाषा, स’जाय र क्षतिपूर्ति तोकेको छ । हिजोका दिनमा घ’टेका निर्मला ह’त्याका’ण्ड, ए’सिडको विभिन्न प्रकरणहरु, ठूला ठूला घ’टनाहरु जस्तै दबाईने कोसिस नगरियोस् । नवराज बिक र शुष्मा मल्ल विचको ३ वर्षे अन्तरजातीय प्रेमयात्राको उतारचढाव अन्ततः नवराज बिकको सास सँगै बिलाएको छ । जेठ १० गते शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको कु’टाइबाट मृ’त्यु भएका जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज बिक र चौरजहारीका टीकाराम सुनारप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली । प्रेमी नवराजले आफ्नो प्रेम प्राप्तिमा मृ’त्युवरण गर्नु परेपनि उनको प्रेम अमर अजर रहोस् । उक्त रुकुम जाजरकोट घ’टनाको निष्पक्ष छानबिन गरी दोषी उपर कडा भन्दा कडा हदै सम्मको स’जायको दिईयोस् ।

    (लेखक बोम्जन गुरुङ पोखरा स्थित गोर्खाली रेडियो १०६ मेघाहर्ज, दक्षिण कोरिया संवाददाता साथै कोरिया स्थित स्याङ्जा परिवार र तमू धीं लगायतका संस्थामा आबद्ध छन् ।)

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।