• बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि

    May 27, 2020     2:06 pm

    १४ जेठ, पोखरा । बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तमानखोला गाउँपालिकाका ४ र बडिगार्ड गाउँपालिकाका २ जनामा कोरोना संक्रमण भएको हो ।

    पीसीआर विधिबाट गरिएको परीक्षणमा बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश प्रगोलशालाका एक कर्मचारीले जानकारी दिए । संक्रमितबारे प्रदेश स्वास्थ्य निर्देशनालयमा जानकारी दिइएको उनले बताए । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले आफ्नो गाउँपालिकाका ४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको आफूले जानकारी पाएको बताए । अध्यक्ष बुढामगरका अनुसार, सुनौली नाकाबाट उद्धार गरिएकाहरूमा संक्रमण पुष्टि भएको हो । उनीहरूलाई बागलुङको आइसोलेसनमा पठाउने तयारी भएको उनले जानकारी दिए ।

    बडिगार्ड गाउँपालिकामा भेटिएका कोरोना संक्रमितलाई पनि बागलुङकै आइसोलेसनमा पठाउने तयारी गरिएको उक्त गाउँपालिकाका अध्यक्ष मेहनसिंह पाइजाले जानकारी दिए । तमानखोला गाउँपालिकामा संक्रमित ४ जनासँगै ८ जना आएको अध्यक्ष जोकलाले जानकारी दिए । बाँकीको कोरोना संक्रमणको नतिजा नेगेटिभ आएको र उनीहरुसहित १४ जना गाउँपालिजकाको क्वारेन्टाइमा रहेको उनले बताए ।

    बडिगार्ड गाउँपालिकाले ६ जनाको उद्धार गरेकोमा २ जनामा कोरोना देखिएको हो । ‘६ जना आएकोमा २ जनामा कोरोना संक्रमण देखियो भने बाँकीको नतिजा नेगेटिभ आयो,’ अध्यक्ष पाइजाले भने, ‘गाउँपालिकाको क्वारेन्टाइनमा २ सय १३ जना छन् । आज पनि ५३ जना आउँदै छन् ।’ योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ जना पुगेको छ । तीमध्ये बागलुङकै २ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् । मंगलबारमात्र स्याङ्जाको वालिङमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।-अनलाइनखबर

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।