• प्रधानमन्त्री ओली चढेकाे विमान आकाशमा ‘होल्ड’ भएकाे विषयमा छानबिन हुने

    March 7, 2019     7:36 pm

    फाइल फोटो

    पोखरेली न्युज पोखरा, २३ फागुन / प्रधानमन्त्री केपी शर्मा ओली चढ्नुभएको विमान आकाशमा केहीबेर ‘होल्ड’ गरिएको सम्बन्धमा छानबिन हुने भएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यही फागुन २१ गते झापाको चन्द्रगढीबाट काठमाण्डाै अवतरण गर्ने क्रममा यती एयरलाइन्सको विमान ‘होल्ड’ गरिएकाबारे छानबिन गर्न सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको हो । समितिमा पर्यटन मन्त्रालयका सहप्रवक्ता प्रकाशचन्द्र ढकाल, कानुन मन्त्रालयका उपसचिव सूर्यवंश शर्मा कँडेल, नेपाली सेनाका क्याप्टेन सुवास थापा र नेपाल नागरिक उड्डयन प्राधिकरणका नवीना कर्माचार्य हुनुहुन्छ ।

    विशिष्ट व्यक्तिको उडान होल्ड भएको सम्बन्धमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्नेगरी जिम्मेवारी दिइएको पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिनुभयो । फागुन २१ गते मङ्गलबार झापाबाट फर्किने क्रममा प्रधानमन्त्री ओली चढ्नुभएको विमान अवतरणअघि आकाशमा तीन फन्का लगाएको बताइएको छ । विमान होल्ड गरेर लापर्वाही र बेवास्ता गरिएको पाइए एयर ट्राफिक कन्ट्रोलरलाई कारबाही गर्न समितिले सिफारिस गर्नेछ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले सम्बन्धित एयरलाइन्सले अति विशिष्ट व्यक्ति (भीभीआईपी) को उडानबारे विमानस्थललाई जानकारी नगराएका कारण प्रधानमन्त्री चढ्नुभएको जहाज होल्डमा परेको प्रतिक्रिया दिनुभयो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।