• चौरजाहारी घ’टनाको अध्ययन गर्न ५ सदस्यीय छा’नबिन समिति गठन

    May 26, 2020     11:01 pm

    ३ जेठ, काठमाडौं । सरकारले रुकुमको चौरजाहारी घ’टनाकोबारे अध्ययन गर्न ५ सदस्यीय छा’नबिन समिति गठन गरेको छ ।

    मंगलबार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले घ’टनाको अ’नुसन्धान गरेर रायसहितको प्रतिवेदन दिन गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, अ’नुसन्धान विभागको अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयको उपसचिव रहने गरी पाँच सदस्यीय छा’नबिन समिति गठन गरिएको जानकारी दिए ।

    गृहमहन्त्रीका अनुसार उक्त घ’टनामा ३ जनाको ज्या’न ग’एको छ र ३ जना बे’पत्ता छन् । जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर-८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जारजरकोट भेरी नगरपालिका वडानम्बर ४ का २१ का नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । केटी पक्षले ती युवाहरुलाइ घे’रा हालेर कु’टेका थिए ।

    भा’ग्ने क्रममा नदीमा हा’म फा’लेका नवराज विकको श’व भेरी नदीको बीच भागमा फे’ला परेको छ । उनीसँगै गएका टीकाराम सुनार र गणेश बुढाको श’व फेला परेको छ । फेला परेका श’वहरु पोष्ट’मार्ट’मका लागि जाजरकोट अस्पतालमा राखिएको गृहमन्त्री थापाले जानकारी दिए ।

    हालसम्म फेला नपरेकाहरुको खोजी कार्य जारी रहेको गृहमन्त्री थापाले बताए । जजरकोटका वर्ष १८ का लोकेन्द्र सुनार, वर्ष १७ का गोविन्द शाही, वर्ष १७ का सञ्जु विक वे’पत्ता रहेको र उनीहरुको खोजीका लागि गोता’खोर परिचालन गरिने मन्त्री थापाले जानकारी दिए ।रुकुमको घ’टनाबारे सरकारको ध्यानाकर्षण गराउँदै सांसद चक्र प्रसाद स्नेहीले समग्र द’लितसँग सम्बन्धित घ’टनाहरुबारे अध्ययन गर्न संसदीय समिति गठनको माग राखेका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।