• लायन्स क्लबद्वारा ७ वटा सीमा सुरक्षा पोष्ट निर्माण

    May 26, 2020     8:25 pm

    काठमाडौं । देशभरका विभिन्न १२ वटा लायन्स क्लबले संयुक्तरुपमा झापाका सातवटा क्षेत्रमा सीमा सुरक्षा पोष्टको संरचना निर्माण गरेका छन् ।

    सुरक्षा पोष्ट संरचना नहुँदा अस्थायीरुपमा बारबेरा गरी खटिआएका सुरक्षाकर्मीको काममा सघाउ पुर्याउन करिब रु चार लाख खर्चिएर जिल्लाको माईपश्चिमका सातवटा पोष्ट निर्माण गरिएको कार्यक्रम संयोजक प्रकाश प्रसाईंले जानकारी दिए । उनका अनुसार लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ अन्तर्गतका दमक, उर्लाबारी, विराटनगर र काठमाडौँका गरी १२ वटा क्लब मिलेर ती संरचना निर्माण गरिएको हो ।

    गौरीगञ्ज गाउँपालिका वडा नं २ स्थित लालमतिमा हिजो एक कार्यक्रम गरी नवनिर्मित सुरक्षा पोष्ट सशस्त्र सीमा सुरक्षा बललाई हस्तान्तरणसमेत गरिएको छ । सुरक्षा पोष्ट हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ सेविकाले लायन्सले निर्माण गरेको सातवटै पोष्टका लागि वाटर डिस्पेसरसमेत प्रदान गरिएको थियो । सो अवसरमा प्रदेश नं १ का उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले सीमा सुरक्षा पोष्टको अनुगमन गरेका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।