• बि– १३ लाई तेस्रो बिरेन स्मृति १३ औं बिटी कपको उपाधि

    April 8, 2019     7:47 pm

    पोखरा २५ चैत ।

    बुद्धटोल युवा क्लबको आयोजनामा सम्पन्न तेस्रो विरेन स्मृति १३ औ बिटी कपको उपाधि एस. वाई.सि बि­–१३ ले जितेको छ ।

    सोमबार पोखराको पुरानो टुडिखेलमा सम्पन्न फाईनल खेलमा तारा एफसीलाई २–१ को गोल अन्तरले पाराजित गर्दै उपाधि जितेको हो ।

    उपाधिसँगै बि–१३ ले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख ३१ हजार १ सय ११ प्राप्त ग¥यो भने उपबिजेता तारा एफसीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ८१ ह्जार १ सय ११ मा चित्त बुझायो ।

    बि–१३ को जितका लागि शिब सुबेदीले दोस्रो हाफामा सानदार २ गोल गर्दै सो खेलको म्यान अफ द म्याच र प्रतियोगिताकै उत्कृष्ट खेलाडीको हकदार बने । उनले ट्रफि सहित नगद रु ५ हजार प्राप्त गरे भने उपबिजेता टिमको लागि शुशिल तामाङले जवाफी १ गोल फर्काएका थिए ।

    प्रतियोगितामा बिद्यागत रुपमा उत्कृष्ट गोलरक्षकको रुपमा बिजेता टिमका रोशन गुरुङ, उत्कृष्ट डिफेण्डर सोही टिमकै हरि गुरुङ, उत्कृष्ट मिडफिल्डर ताराका गोबिन थापा, र सर्बाधिक गोलकर्ताको रुपमा रिलिजन एफसीका बिजय श्रेष्ठ घोषित हुदै जनही ३÷३ हजार हात पारे भने अनुशासित टिमको रुपमा रिलिजन एफसी हकादार बन्यो ।

    बिजेता तथा उपबिजेता टिमलाई कार्य क्रमका प्रमुख अतिथी गण्डकी प्रदेश सभा सदस्य राजिब पहारी, क्लबका अध्यक्ष, बिजया गुरुङ, सौजन्यदाताहरु लगायतले पुरस्कार बितरण गरेका थिए ।

    सम्पन्न सो कार्यक्रममा प्रचारप्रसार संयोजक अमृत गुरुङले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन संचारकर्मी अर्जुन परियार र अस्मिता गुरुङले गरेका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।