• गण्डकी प्रदेशमा हालसम्म कोरोना जाँच अन्तर्गत दुई हजार ४५ को पिसिआर जाँच

    May 25, 2020     10:37 pm

    कास्की । गण्डकी प्रदेशमा हालसम्म कोरोना जाँच अन्तर्गत दुई हजार ४५ को पिसिआर जाँच भएको छ ।

    ती मध्ये दुई हजार ११ को जाँचको नतिजा नेगेटिभ आएको, बाँकी २९ को रिपोर्ट आउन बाँकी रहेको र दुई जनाको पोजेटिभ नतिजा आए पनि निको भएर घर फर्किसकेका प्रदेशका स्वास्थ्य निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

    नवलपुरका दुई जनाको भरतपुरमा र लमजुङका एक जनाको काठमाडौँमा सङ्क्रमण देखिएको हो । दुई जना भरतपुर अस्पताल र एक जना टेकु अस्पताल काठमाडौमा उपचार भइरहेको जनाइएको छ । त्यसैगरी आरडिटी जाँच आठ हजार २१८ जनाको गरिएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेश सामाजिक विकास मन्त्रालयले जटिल अवस्थाका बिरामीको व्यवस्थापनसम्बन्धी तालिमसमेत सम्पन्न गरेको छ ।

    एनस्थेसियोलोजिष्ट डा.हरि पौडलले उक्त तालिमको सहजीकरण गरेका थिए । तालिममा स्याङ्जा, गोर्खा, नवपुर, तनहुँ, लमजुङ अस्पतालका ३२ जना चिकित्सक र स्वास्थ्यकर्मीको उपस्थिति रहेको उनले जानकारी दिए । उनका अनुसार कोरोनासँगै प्रदेशमा अन्य पाँच प्रकारका रोगसमेत देखिन थालेपछि सचेतनामूलक कार्यक्रमलाई जोड दिइएको छ । गोर्खा र कास्कीमा मलेरिया पोजेटिभ, गोर्खामा नै दादुरा तथा म्याग्दीमा स्क्रबटाइफस देखिएको छ । डेङ्गु म्याग्दी, कास्की र स्याङ्जामा जिल्लामा देखिएको छ । रासस

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।